काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै तोलाको एक लाख ३ हजारमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार पनि सुन तोलाको एक लाख ३ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलाको एक लाख २ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्यमा भने गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैंयाँले घटेर तोलाको १४१० मा कारोबार भएको महासंघले जनाएको छ ।








