काठमाडौं । काठमाडौँ उपत्यका चारसहित ६ वटा निजी प्रयोगशालालाई सरकारले कोरोना भाइरस (कोभिड–१९) को पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड९१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।








