• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

ओलीको नेतृत्व असफल भइसक्यो : प्रवक्ता महत

  •   आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सल्यान ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व राज्य सञ्चालनमा असफल भैसकेको बताएका छन् । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाको शंखमूलमा निर्मित शंखपार्कको आज समुद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । पूर्व परराष्ट्र तथा ऊर्जा मन्त्री डा.महतले एमाले अध्यक्ष ओलीले शनिबा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेको चुनाव चिन्हमा मतदान गरेर पुण्य कमाउन दिएको उपदेशको जवाफमा यस्तो बताएका हुन् ।

    ओलीमा काम गर्ने नभइ ठट्टा गर्ने बानी रहेको उल्लेख गर्दै उनले भने, ‘राजनीति गर्ने मान्छेहरु देशको समृद्धि र जनताको सुख तथा सुविधालाई केन्द्रमा राख्ने हुनाले सधै गम्भीर हुन्छन् । तर उहाँले हास्य कलाकारको जस्तो हसिमजाक बनाउनुभयो । शासन सत्ता सञ्चालन गर्न तपाई र तपाईँको पार्टी असफल भयो ।

    ५ बर्षलाई दिएको जनादेश साढे ३ बर्ष पनि टिकाउन सक्नु भएन ।’ महतले ओलीले आफू प्रधानमन्त्री हुँदा प्राप्त गरेको झण्डै दुई तिहाईको समर्थन जोगाएर राख्न नसकेको, आफ्नै पार्टीलाई एकताबद्ध राख्न नसकेको र दुई तिहाईको समर्थन कायम रहँदा त्यसको दुरुपयोग गर्दै प्रतिनिधिसभा विघटन गरेकोले संविधानको रक्षा गर्न, देशमा कानूनी शासन बहाली गर्न, सुशासन कायम गर्न नेपाली कांग्रेस अग्रसर हुनुपरेको उल्लेख गरे । अघिल्लो चुनावमा निकै आकर्षक नारा दिएर जनतालाई झुक्याएर जिते पनि कम्युनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको उनको जिकिर थियो ।

    महतले कांग्रेसले नै मुलुकमा रहेका विभिन्न जातजातिका भाषा, भेषभूषा, संस्कृति, परम्परा र धर्मको संरक्षण गर्ने दाबी गरे । नेपाली कांग्रेस फोस्रा आश्वासन दिन नजान्ने र जे गर्न सकिन्छ, त्यही भन्ने भएकोले अघिल्लो निर्वाचनमा कम्युनिष्ट पार्टीप्रति आकर्षित हुँदा जनतालाई धोका भएको पनि उनले भने । ओलीले नेतृत्व गरेको पार्टीबाट अलग भएर बनेका दलहरुले आग्रह गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको उल्लेख गर्दै उनले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि मुलुकमा भ्रष्टाचार हुन छोडेको, कारोना महामारीबाट जनतालाई जोगाउन पर्याप्त खोपको बन्दोबस्त भएको, बन्दाबन्दी र निषेधाज्ञा हटेर जनजीवन सामान्य भएको पनि दाबी गरे ।

    जनताका गुनासा सुन्न र नेपाली कांग्रेस पार्टी, यसको नेतृत्वमा बनेका तीन तहका सरकारहरुले गरेका कामको बारेमा सबै नागरिकलाई बुझाउन हरेक घर पुग्न जिल्लाका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे । चैत्र ११ गते बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा स्थानीय निकायको निर्वाचनमा गठबन्धन गर्ने नगर्ने सम्बन्धमा पनि छलफल हुने बताउँदै भने, “गठबन्धन स्थानीय आवश्यकताका आधारमा पनि हुन सक्छ । के गर्दा हामी बढीभन्दा बढी सीट जित्न सक्छौ, गठबन्धन गर्दा बढी जितिन्छ भने त्यही हुन्छ, एक्लै जित्छौ भने एक्लै जाने होला तर कार्यकर्ताहरु भने यसमा नअल्मलिन आवश्यक छैन । जनताको बीचमा जाऔं कांग्रेसलाई मत दिने अवस्था सिर्जना गरौं, अहिलेको आवश्यकता त्यही हो ।”

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.