काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ शुक्रबार ६ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको भाउ तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँ मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।








