• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

कतारमा आँखाकाे ज्याेति गुमाएका गणेश श्रेष्ठकाे संघर्षकाे कथा

  •   सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी  । बर्दिबास-२ का गणेश श्रेष्ठ २०७३ सालमा वैदेशिक रोजगारमा जाँदा एकदमै तन्दुरुस्त थिए । २०६४ सालमा विवाह गरेका श्रेष्ठ परिवारकै सल्लाहमा पैसा कमाउने उद्देश्यले कतार हानिँदा निकै उत्साहित भए । भनेजस्तो काम नभए पनि सन्तोषजनक तलब पाएसँगै श्रेष्ठ र श्रेष्ठको परिवारको खुसी थामिनसक्नुको थियो । तर, त्यो खुसी धेरै दिन टिक्न पाएन ।

    एकदिन श्रेष्ठ र उनकाे साथीको विवाद हुँदा दुई पक्षबीच ठूलो झगडा भयो । मुक्का हानाहान मात्र भएन उनकाे साथीले श्रेष्ठलाई टाउकोमा चिर्पटले हान्दा अगाडि आँखाको रेटिना नै गुम्न पुग्यो । काम गरेर परिवारलाइ खुसी दिने उद्देश्यले प्रदेशमा संघर्ष गर्न पुगेका श्रेष्ठको संघर्ष त्यसपछि झन काहाली लाग्दो बन्यो । दुवै आँखा गुमाएर श्रेष्ठ करिब डेढ वर्षपछी स्वदेश फर्किए । उनकाे अवस्था देखेपछि छोराको भरोसामा बाँचिरहेका बुबाआमा, श्रीमती निकै भावविह्वल बने । कठिन संघर्षले श्रेष्ठलाई जब सफलताको बाटोमा डोर्‍याउँदै लग्यो, तब उनले म आँखा देख्दिनँ भन्ने बिर्संदै गए । श्रेष्ठले जब मैनबत्ती, मुढा, साबुन बनाउने, फिनेल, ह्यारपिक र अगरबत्ती बनाउने तालिम लिए तब आत्मविश्वास यसरी सञ्चार भयो कि उनी आफैँ उत्साहित बने ।

    श्रेष्ठले आफूजस्तै दुर्घटना वा जन्मजात आँखा गुमाएकाहरूको सुची तयार गर्दै गए । महोत्तरीमा मात्र पाँच सय जनाभन्दा बढी दृष्टिविहीनहरूलाई प्रत्यक्ष भेटेर आफ्ना अनुभव सुनाए । नेत्रहीन संघ महोत्तरीको गठन भएपछि श्रेष्ठलाई दृष्टिविहीनहरूसँग थप काउन्सिलिङ गर्न सहयोग मिल्यो । अहिले संघमा ३५० भन्दा बढी दृष्टिविहीन जोडिएका छन् । श्रेष्ठ अहिले उक्त संस्थाका संयोजक समेत छन् । जिल्लाका धेरैजसो दृष्टिविहीनहरू स्वरोजगार बनेका छन् भने कतिपयले लोकसेवा आयोगबाट सरकारी सेवामा प्रवेश गरेका छन् । लोकसेवा आयोगबाट पास गरेर अहिले जिल्लाका करिब १० जना दृष्टिविहीनहरू सरकारी सेवामा कार्यरत छन् भने सयौँ जना मैनबत्ती, अगरबत्ती, सावुन बनाएर स्वरोजगार बनिरहेका छन् ।

    श्रेष्ठ आफैँ पनि दिनभरि बजार चहार्छन् र आफैँले बनाएको अगरबत्ती, मैनबत्ती, सावुन बोकेर बेच्ने गर्दछन् । यसैबाट श्रेष्ठलाई आर्थिक उपार्जन गरेर परिवारको आर्थिक समस्या टारिरहेका छन् । एकमात्र रहेका छाेरालाई शिक्षादीक्षा दिइरहेका छन् । अहिले उनकै पहलमा नेत्रहीनहरूका लागि भवन निर्माण कार्य अगाडि बढेको छ । बर्दिबास नगरपालिकाले भवन निर्माणका लागि १५ लाख रुपैयाँ दिएको छ,’ श्रेष्ठले भने । श्रेष्ठको सारथी वीरेन्द्र महतो बनेका छन् । उनी पनि दृष्टिविहीन हुन् । तर, शिक्षक सेवा आयोगबाट नाम निकालेर जिल्लाको रामगोपालपुर नगरपालिकामा उनी शिक्षण पेसामा छन् ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    यी स्थानमा आज भारी वर्षाको सम्भावना
    मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.