काठमाडौं । लकडाउन अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय कारोबार तथा एकअर्काको (अन्तर–बैंक) एटीएम बुथबाट दिएको नि स् शुल्क कारोबारको सुविधा अब बन्द गर्ने भएका छन् । गत चैत्र ७ गतेदेखि यस्तो कारोबारमा शुल्क छूट गर्दै आएका बैंक तथा वित्तीय संस्थाले लकडाउन खुकुलो भएको, आवतजावत सहज हुँदै गएको र बैंकका शाखाहरु खुलेकोले साउन १ गते अर्थात् आजदेखि यस्तो सुविधा नदिने बताएका हुन् ।नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार संयुक्त सूचना जारी गर्दै लकडाउन अवधिमा दिएको विद्युतीय तथा अन्तरबैंक एटीएम प्रयोग वापतको सुविधा फिर्ता लिएको जनाएका छन्। लकडाउन अवधिमा कनेक्ट आईपीएस, एनसीएचएल–हाईवीएस, एनसीएचएल–ईसीसी सेवा लिदा शुल्क नलाग्ने व्यवस्था आजबाट बन्द गरिएको जनाइएको छ।








