चितवन । इच्छाकामना गाउँपालिका २ बाँसपुरका राम माया गुरुङको उपचारका लागि तेजमान गुरुङ एक्लैले रु २ लाख ७५ हजार नगद सहयोग गर्नुभएको छ। चितवन रामपुर घर भइ हाल लण्डनमा रहनुभएका तेजमान गुरुङले हाल लण्डनबाट पटक पटक गरि उक्त सहयोग रकम पठाउनुभएको हो ।
हड्डीको टिबीका कारण कम्मरदेखि तल्लो भाग नचलेका गुरुङको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन । विगत दुई बर्षदेखी हड्डीको टिबीका कारण थला पर्नुभएकी राम माया गुरुङको समाजसेवी इच्छाकामना ३ सिस्नेरी चौताराका तिर्सना गुरुङको पहलमा उपचार भइरहेको छ ।
उहाँको नेतृत्वमा उपचारका लागि सहयोग जुटीरहेको छ । पुरानो मेडिकल कलेज चितवनमा अपरेशन पछि चिकित्सकको सल्लाह अनुसार थेरापी सेन्टरमा उपचारका लागि भर्ना गरिएपनि आर्थिक अभाव भएपछि घर फिर्ता गरिएको थियो । हड्डीको टिबीका कारण शरिरको कम्मरदेखि तलको भाग चल्न छाडेको एक बर्ष भइसेको छ ।
आर्थिक अवस्था निकै कमजोर भएका कारण बिरामीका परिवारले उपचार गर्न सक्ने अवस्था नरहेको वडा सदस्य समेत रहेका स्थानीय बुद्धिमान गुरुङले बताउनुभयो । उहाँको उपचारका लागि सहयोग गर्न चाहनेहरुले ९८६५०८०३५४ मा सम्पर्क गर्न सक्नुहुने छ ।








