नवलपुर । गैंडाकोट नगरपालिका ७ दिनका लागि शिल गरिएको छ । आज (बिहिबार) बसेको बैठकले २ गतेदेखी ८ गतेसम्म ७ दिनका लागि शिल गरिएको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । दुध र दुधजन्य ब्यवसाय, अत्यावश्यक सेवा तथा खाद्यान्न पसल, औषधी पसल बाहेकका सेवाहरु बन्द गरिएका छन् । प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले सो को पालना गर्न गराउन सबैमा अनुरोध गर्नुभएको छ ।









