• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

एमालेलाई सत्यानाश गर्नमात्रै गठवन्धन गरेका छन्: ईश्वर पोख्रेल

  •   सोमबार, चैत २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेलाई सत्यानाश गर्न मात्रै गठवन्धन गरेको आरोप लगाउनुभएको छ । आर्थिक विकास र समृद्धिको नारा ल्याएर काम गर्ने पार्टी नेकपा एमाले भएकाले यसमा गोलबद्ध हुन उहाँको आह्वान थियो । नेकपा एमाले चितवनले आयोजना गरेको जेपी भेटवालको चौथो स्मृति दिवसमा आयोजित श्रद्धाञ्जली सभा एवं स्मृतिग्रन्थ विमोचन समारोहमा बोल्दै उहाँल सिद्धान्त, विचार, संविधान कार्यान्वयनका मुद्दा नमिल्दा नमिल्दै पनि गठवन्धनमा कायम रहेको बताउनुभयो ।

    नेकपा एमालेलाई सत्यानाश गर्नैका लागि विचार सिद्धान्त नमिल्दापनि गठवन्धन रहेको उहाँको भनाई थियो । पोख्रेलले भन्नुभयो,“ आर्थिक विकास समृद्धि चाहादैनन् गठवन्धनले । देश गञ्जागोल होस् भन्ने चाहान्छन् । देख्नुभयो होला अव बैँकमा पैसा सकिदैछ । १२ घण्टा लोडसेडिङ गराउँदैछन् । अव कुनै चिज सहज पाउने अवस्था हुनेछैन । ” पोख्रेलले माथिका समस्या भएपनि कुनै चिन्ता नलिन आग्रह गर्दै नेकपा एमालेमा गोलवद्ध हुन आग्रह गर्नुभयो । एमाले सत्तामा पुगेपछि समस्या समाधान हुने उहाँको दावी थियो ।

    आगामी चुनाव नेकपा एमाले एक्लै लड्ने उहाँले बताउनुभएको छ । बाम एकता शब्द मिठो भएपनि त्यसका पात्रहरु गलत भएको भन्दै भइरहेको कम्युनिष्ट सरकार भत्काएर काँग्रेसलाई सत्ता सुम्पन जानेहरुसँग कुनै हालतमा एकता नहुने बताउनुभयो । उहाँले भन्नुभयो,“एकता भाँडेर काँग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसँग आग्रह गर्नेहरुसँग कसरी तालमेल गर्ने ? गठवन्धन कायमै छ अनि कसरी एमालेसँग एकता हुने सम्भव छ । त्यसैले गठवन्धन मात्रै होइन दर्ता भएका सवै दल एक भएपनि एमाले एक्लै चुनाव लड्छ ।

    ” व्यक्तिगत स्वार्थलाई केन्द्रीत गर्नेहरु कम्युनिस्ट हुन नसक्ने बताउँदै व्यक्ति भन्दा पार्टी सदैव माथि राखेर राजनीति गर्नुपर्नेमा जोड दिनुभयो । अहिले कम्युनिस्ट नेताहरुमा चुनावमा टिकट पाए राम्रो मान्ने अन्यथा दाम्लो चुडाएर अन्यत्र जान खोज्ने प्रवृत्ति विकसीत हुँदै गएको भन्दै त्यो रोक्नुपर्नेमा जोड दिनुभयो । जेपी भेटवालले मान्य अमान्य भएपनि पार्टीको निर्णय स्वीकार गर्ने नेता रहेको सम्झदै पोखरेलले स्थानीय चुनाव आउँदै गरेको र मेयर उपमेयर, प्रमुख उपप्रमुखको टिकट नपाए पार्टीकै विरोध गर्नेहरु रहेको भन्दै यो सच्चिनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा जागृतप्रसाद भेटवाल स्मृतिग्रन्थ विमोचन गरिएको थियो भने अन्य पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई पोखरेलले खादा र अविर लगाएर स्वागत गर्नुभएको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.