• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

आर्मी दोस्रो स्थानमा उक्लियो, एपिएफ शिर्ष स्थानमा यथावत

  •   मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो महिला लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आज (मंगलबार) भएको पहिलो खेलमा आर्मीले वालिङलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको हो । भरतपुर १९ स्थित शारदानगर माविको मैदानको भएको खेलमा आर्मीलाई जिताउन सपना लामाले हृयाट्रिक गरिन् । यस्तै शर्मिला थापा मगरले २ तथा दीपा शाही, अमिशा कार्की, रश्मी घिसिङ, कुशुम खतिवडा र हेमा चौधरीले समान एक–एक गोल गरे । आर्मीकी खेलको तेस्रो मिनेटमा नै अग्रता लियो ।

    आर्मीका लागि शर्मिलाले पहिलो गोल गरिन् । १५ औं मिनेटमा दीपाले गोल गर्दै आर्मीलाई दोहोरो अग्रता दिलाईन् । लगत्तै १७ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ३–० को अग्रता लियो । २४ औं मिनेटमा अमिशाले गोल गरेपछि पहिलो हाफमा आर्मीले ४–० को अग्रता लियो । दोस्रो हाफमा मौदान आर्मीले ६ गोल थप्यो । ५३ औं मिनेटमा रश्मीले आर्मीका लागि पाचौं गोल गरिन् । ६२ औं मिनेटमा मैदान प्रवेश गरेकी सपनाले हृयाट्रिक गरिन् । उनले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै गोल गरिन् ।

    ६५ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ७–० को अग्रता दिलाईन्। ७५ औं मिनेटमा कुशुमले गोलपछि आर्मीले ८–० को अग्रता लियो । ८२ औं मिनेटमा सपनाले हृयाट्रिक पूरा गरिन् । ८७ औं मिनेटमा हेमाले गोल गरेपछि आर्मी १०–० ले विजयी भयो । आर्मीकी दीपा प्लेयर अफ दि म्याच भईन् । यो जितपछि आर्मी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेलमा आर्मीको ३ जित र दुई हारबाट ९ अंक छ । एक खेल कम खेलेको धनगढी समान अंक भए पनि गोल आधारमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ । आजको दोस्रो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसीले ललितपुरविरुद्ध सहज जित निकालेको छ । एपिएफले ललितपुरलाई ४–० ले हराएको हो ।

    एपिएफलाई जिताउन सावित्रा भण्डारी साम्बा, हिरा कुमारी भुजेल, सरु लिम्बू र रेनुका नगरकोटीले गोल गरे । डिफेन्सिभ खेल खेलेको ललितपुरले पहिलो हाफमा एपिएफलाई गोलरहित बराबरीमा रोकेको थियो । पहिलो हाफमा ललितपुरका डिफेन्डर र गोलकिपर एपिएफका लागि बाधक बने । ललितपुरका डिफेन्डर र गोलकिपरले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे । एपिएफलाई गोल निकाल्न ६२ औं मिनेटसम्म कुर्नु प¥यो । ६२ औं मिनेटमा साम्बाले गोल गर्दै एपिएफलाई अग्रता दिलाईन् ।

    ६८ औं मिनेटमा हिरा कुमारीले एपिएफलाई दोहोरो अग्रता दिलाईन् । खेलको अन्त्य तिर ललितपुर सम्हालिन नसक्दा थप दुई गोल खायो । निर्धारित समयको खेल सकिएर थप गरिएको ७ मिनेटमा सरु र रेनुकाले गोल गर्दै आर्मीलाई ४–० को सहज जित दिलाए । खेलको प्लेयर अफ दि म्याच एपिएफकी हिरा कुमारी भुजेल घोषित भईन् । यो जितपछि शिर्ष स्थानको एपिएफले दोस्रो स्थानको आर्मीसँगको अंक दुरि बढाएको छ । पाँच खेलमा शतप्रतिशत नतिजा निकालेको एपिएफको १५ अंक छ ।

    समान खेल खेलेको आर्मी ९ अंकसहित दोस्रो स्थानमा छ । ललितपुरको समान खेलबाट ३ अंक मात्र छ । लिगमा बुधबार पनि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ः१५ बजे विराटनगर र धनगढीबीच हुनेछ । यस्तै दोस्रो खेल दिउँसो ४ः१५ बजे चन्द्रपुर र नेपाल पुलिस क्लबबीच हुनेछ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.