चितवन । चितवनको भरतपुरमा जारी राष्ट्रिय महिला लिगमा चन्द्रपुरले रोमाञ्चक जित हात पारेको छ । आज (शनिबार) को दोस्रो खेलमा चन्द्रपुरले वाकिङलाई ३-२ ले पाखा लगाएको हो । जारी लिगमा चन्द्रपुरको यो पहिलो जित हो। जितपछि चन्द्रपुर ६ खेलबाट ४ अंक बनाउँदै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । वाकिङको भने यो छैटौं हार हो ।
वालिङ लिगमा अंकबिहिन छ । यस अघि आजको पहिलो खेलमा नेपाल पुलिस क्लब विजयी भएक छ । पुलिसले ललितपुरलाई ३-० ले पराजित गर्यो । जारी लिगमा पुलिसको यो पाचौं हो । पुलिसको जितमा निरु थापाले दुई तथा अमृता जैशीले एक गोल गरे । खेलको पहिलो हाफमा ललितपुरले पुलिसलाई बराबरीमा रोकेको थियो । तिनै गोल दोस्रो हाफमा सम्भव भयो । खेलको ५७ औं मिनेटमा निरुले गोल गर्दै पुलिसलाई अग्रता दिलाईन् । ७८ औं मिनेटमा पुलिसले पेनाल्टी पायो ।
प्राप्त अवसरलाई निरुले गोलमा परिणत गराईन् । ८४ औं मिनेटमा अमृताले गोल गर्दै पुलिसको ३-० को जित सुनिश्चित गरिन् । दुई गोल गरेकी पुलिसकी निरु प्लेयर अफ दि म्याच भईन् । यो जितपछि पुलिसको ६ खेलबाट १५ अंक भएको छ । पुलिस तालिकाको दोस्रो स्थानमा यथावत छ । समान अंक भएको सशस्त्र प्रहरी बल (एपिएफ) एफसी गोल आधारमा तालिकाको शिर्ष स्थानमा छ ।
ललितपुरको भने ६ खेलबाट ३ अंक मात्रै छ । लिगमा आइतबार पनि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १:१५ बजे धनगढी र सशस्त्र प्रहरी बल (एपिएफ) एफसीबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४:१५ बजे त्रिभुवन आर्मी एफसी भिड्नेछन ।








