• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

रामको जन्मस्थलको बारेमा विस्तृत अध्ययन गर्नुपर्ने आवाज !

  •   शनिबार, साउन ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रामको जन्मस्थलको बारेमा विस्तृत अध्ययन गर्नुपर्ने सरोकारवालाहरुले आवाज उठाएका छन् । हालको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी र आसपासका क्षेत्र रामको जन्मभूमि हुन सक्ने भन्दै अध्ययन र अनुसन्धान गर्नुपर्ने आवाज उठेको हो । चार दशकदेखि धार्मिक एवं सांस्कृतिक विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आउनु भएका लेखक डिआर पोखरेल भारतको अयोध्यामा राम जन्मेको भनेर जे भनिँदैछ त्यो सबै नक्कली कुरा मात्र भएको बताउनुहुन्छ । यसबारेमा भारतीय विद्वानहरु नै सबै अन्यौलमा नै रहेको भन्दै उहाँले भारतको सर्वोच्च अदालतले समेत राम जन्मेको भन्ने कुनै प्रमाण दिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “अदालतले पनि भारतको अयोध्यामा राम जन्मेको भन्ने विषयलाई अहिलेसम्म स्विकार्न सकेको छैन ।” कालीदासको पुस्तक ‘मेघदूत’ मा पनि त्यो भारतको अयोध्या क्षेत्रलाई ‘साकेत’ भनेर उल्लेख गरिएको पोखरेलले बताउनुभयो । राम कता जन्मिए भन्ने विषयलाई हामीले बुद्ध दर्शन र हिन्दू दर्शनको इतिहासलाई निकै गहिरोसँग अध्ययन गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो “बौद्ध धर्म दर्शनका पुस्तकहरु अध्ययन गर्दा अहिले भारतको अयोध्या भनिएको ठाउँलाई बुद्ध दर्शनशास्त्रहरुमा ‘साकेत’ भनेर उल्लेख गरिएको पाइन्छ ।” लवकुश वाल्मीकि आश्रममा जन्मिने, सीता पनि जनकपुरमा जन्मिएकोले पक्कै राम पनि यतै जन्मिए भनेर अनुमान भने गर्न सकिने उहाँको भनाई छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल माडी नगरपालिकाको वडा नं। ९ गणेशकुञ्ज क्षेत्रमा विगतका पैसा, माटोका भाडा, ईटा जस्ता सामग्री भेटिएको बताउनुहुन्छ । सरकारी वन क्षेत्रमा ती सामग्री भेटिएको भन्दै उहाँले यस क्षेत्रको गहिरो अध्ययन जरुरी रहेको बताउनुभयो । इतिहासविद्हरु, पुरातत्व विभागलगायतसँग समन्वय गरेर रामको जन्मका विषयमा थप अध्ययन गर्ने तयारीमा नगरपालिका लागेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले धार्मिक गुरुहरुको भेला गरी उनीहरुको सुझाव संकलन गरेको बताउँदै ढकालले स्थानीय सरोकारवालाहरुसँग नियमित छलफल भईरहेको बताउनुभयो । महेश सन्यास आश्रम देवघाटका पिठाधीश रमणानन्द गिरी यस विषयमा विस्तृत अध्ययन आवश्यक रहेको बताउनुहुन्छ । प्रमाणबिना बोल्दा झन् सतही हुने भएकाले राजनेताहरुले विज्ञहरुसँग परामर्श लिएर मात्रै यस्ता महत्वपूर्ण विषयहरु सार्वजनिक गर्नुपर्ने उहाँको सुझाव छ । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम सम्माननीय प्रधानमन्त्रीबाट विषय उठान भईसकेकाले रामको जन्मभूमिका विषयमा अध्ययन अनुसन्धान थाल्नुपर्ने बताउनुहुन्छ । प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, भूगोल विभाग, इतिहास विभाग लगायतका विज्ञहरुसँग परामर्श गरेर अघि बढ्ने तयारी विभागले गरेको गौतमको भनाई छ । नेपालमा बुद्धको बारेमा विस्तृत अध्ययन भएको भए पनि राम र कृष्णका बारेमा खासै अध्ययन नभएको भन्दै उहाँले यस्ता महत्वपूर्ण विषयमा हामीले ध्यान पु¥याउनु पर्ने बताउनुभयो । यस अघि माडीमा अयोध्यापुरी गाउँ विकास समिति नै रहेको थियो । माडीका चार वटा गाउँ विकास समिति मिलेर माडी नगरपालिका बनेको हो । बि.सं. २०५४ सालमा अयोध्यापुरी गाउँ विकास समितिका अध्यक्ष रहनु भएका नारदमणि पौडेल राम यहाँ जन्मेको भन्ने कुरा सत्यताको नजिक रहेको बताउनुहुन्छ । उहाँले अयोध्यापुरीको पश्चिममा वाल्मीकि आश्रम र पूर्वमा जनकपुर रहेको बताउनुभयो । वाल्मीकि आश्रममा लव कुश जन्मिएका हुन् भने जनकपुरमा सीता जन्मिएकी हुन् । दुवै ठाउँ यो मध्य भाग हो । जहाँ सीता गुफा पनि भएको उहाँको भनाई छ । सोही क्षेत्रका पुराना अध्ययन गरेका पण्डित बलभद्र पौडेलले आफ्नो लेखमा रामको जन्मभूमि सोही क्षेत्र भएको उल्लेख गरेको र उहाँका छोरा हरिकृष्ण पौडेलले पनि यसै विषयमा अध्ययन गरिरहेकाले रामको जन्म भूमि वा विचरण गरेको क्षेत्र अयोध्यापुरी नै भएको ठम्याई आफूहरुको रहेको उहाँको भनाई छ । उहाँले यस क्षेत्रको अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । सोमेश्वर पर्वतको काखमा सीता गुफा रहेको छ । भगवान सीताले अयोध्या त्यागेपछि वनबास जीवन बिताउने क्रममा यसै गुफामा बसेर तपस्या गरेको किंवदन्ती छ । अयोध्याका राजा रामको आज्ञा पालना गर्दै लक्ष्मणले सीतालाई वनमा लगेर छाडिदिएपछि सीता भौँतारिँदै यस क्षेत्रमा आएको भनाइ छ । गुफाको नजिकै रहेको अजंगको चट्टानमा सीताले शिवलिङ्गको आकृति खोपेर रामको तपस्या गर्ने गरेकी थिइन् । जुन शिवलिङ्गको आकृति भएको चट्टान अहिले पनि गुफा नजिकै सुरक्षित छ । ठोरीको जंगलमा रहेको गुफाबाट डुल्दाडुल्दै सीता त्रिवेणीस्थित वाल्मीकि आश्रम पुगेको जनविश्वास छ । वाल्मीकि आश्रम अहिले महत्वपूर्ण धार्मिकस्थलको रूपमा प्रख्यात छ । माडीकै वडा नम्बर १ मा वाल्मीकि आश्रम छ । ठोरी–माडी क्षेत्रमा अयोध्या भएको प्रसंग पनि मिल्ने गरेको छ । वाल्मीकि आश्रममा सीता बसेको, लव–कुशले खेलेको धार्मिक र ऐतिहासिक प्रमाण छ । वाल्मीकि आश्रम त विश्वकै हिन्दूका लागि पवित्र धार्मिकस्थल पनि हो । अयोध्यापुरीबाट वाल्मीकि आश्रममा सीता आएको प्रसंग तर्कसंगत पनि देखिन्छ । माडीको पाण्डवनगरबाट हिँडेर जाने हो भने करिब २६ किलोमिटर दुरीमा पर्छ । तर सो क्षेत्र चितवन राष्ट्रिय निकुञ्जमा पर्ने भएकोले माडीवासीको सहज पहुँचमा छैन ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.