• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह

  •   बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लण्डन । अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले प्रवासी नेपालीहरुले डलर खाता खोल्दा नेपालको अर्थतन्त्रलाई मद्दत पुग्ने बताए । ‘१ लाख एनआरएनले १० हजार डलरका दरले खाता खोलिदिनुस् । बैंकहरुमा तरलताको अभावमा मद्दत नै पुग्ला,’ अर्थमन्त्री शर्माले आग्रह गरे । ‘ ६, ७ महिनाको वस्तु र सेवा किन्ने विदेशी मुद्रा छ ।

    राष्ट्र बैंकले हिजो मात्रै प्रकाशित गरेको प्रतिवेदन अनुसार ९ अर्ब ५८ करोड डलर छ,’ उनले भने, ‘पेट्रोलको मूल्य बृद्धि हुँदा लाखौं डलर बाहिर पठाउनु परेको छ ।’ विदेशमा रहेका नेपालीलाई पनि फाइदा होस् भन्ने हेतुले डलर खाताका लागि नीतिगत प्रक्रिया पूरा गरेको मन्त्री शर्माले बताए । ‘लगानी गर्न पनि मद्दत पुग्ला भनेर यहाँहरुको हितमा होस् भनेर गरेका थियौं । त्यहाँ रहेको निश्क्रिय पूँजीलाई सक्रिय बनाउन पनि खोजेको हो । खाता खोल्ने विषय, खाता खोल्न झन्झट छ भन्नेहरुलाई उत्तर हाम्रो नीति र निर्णयले दिइसकेका छौं’, उनले भने, ‘यी सबै झन्झट हटिसकेको छ अब तपाईंहरुले खाता खोल्नुहुन्छ कि हुन्न रु’ मंत्री शर्माले प्रश्न गरे।

    डलर खातामा भएको रकम सहज रुपमा फिर्ता लिन मिल्ने बनाइसकेको उनले बताए । ‘एनआरएनमा संगठितलाई मात्रै होइन । नेपाली भन्ने कुनै पनि विवरण पेश गर्दा खाता खोल्न पाइनेगरी व्यवस्था गरेका छौं । यसमा एनआरएनएले सहजीकरण गरिदियोस् भन्ने हाम्रो आग्रह हो,’ मन्त्री शर्माले भने । नेपालमा आउने पर्यटकलाई फ्री भिसा दिनेबारे छलफल भै रहेको र त्यसले एनआरएनएलाई पनि सहज हुने उनले बताए । त्यसैगरी आइपिओको विषयमा निश्चित प्रतिशत छुट्याउनेगरी नीति बनाउने योजना भै रहेको उनले बताए ।

    कार्यक्रममा अर्थ सचिव मधु मरासिनी तथा नेपाल राष्ट्र बैंककी कायममुकाम गभर्नर डा नीलम ढुंगानाले सहभागीहरुका प्रश्नको जवाफ दिएका थिए। गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले डलर खाता खोल्ने विषय प्रवासी नेपालीहरुलाई नेपालसँग जोड्ने एउटा माध्यम भएको बताए । उनले विदेशमा रहेका नेपालीहरुलाई विदेशी मुद्रामा खाता खोल्न नीति नियम परिवर्तन गरी सजिलो बनाइदिएकोमा सरकारलाई धन्यवाद समेत दिए । ‘यो नेपालसँग जोड्ने कोशे ढुंगा हो ।

    यो हाम्रो लागि जन्म भूमिको गुण तिर्ने मौका पनि भएकाले सबैले डलरमा खाता खोलिदिनु होला,’ अध्यक्ष आचार्यले भने । उनले गैरआवासीय नेपाली नागरिकताका लागि व्यवस्था गर्न मन्त्री शर्मालाई आग्रह गरे । ‘लगानीका विषयमा मन्त्रीज्यूहरुसँग छलफल भैरहेको छ । सबै सकारात्मक हुनुहुन्छ । हाम्रा समस्या धेरै छैनन् । छिटोभन्दा छिटो समाधान गरिदिनुहुनेछ भन्ने आशा छ,’ उनले भने ।

    संघका अध्यक्षहरु डा बद्री केसी तथा रबिना थापाले सम्बोधन गरेको उक्त अन्तरक्रिया कार्यक्रमको संचालन संघका महासचिवद्वय डा केशव पौडेल तथा गौरीराज जोशीले गरेका थिए।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.