काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले घटेर एक लाख ६ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुनको भाउ तोलाको एक लाख १ सय रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ ।
बुधबार चाँदी तोलामा ३५ रुपैयाँले गिरावट आएर १ हजार ३८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।








