नवलपुर । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नगरबासीलाई अपमान गरेको भन्दै गैडाकोट कांग्रेस आन्दोलित भएको छ । मेयरको अभिब्यक्तिको बिरोध गदै सार्बजनिक माफी मागेर आत्मालोचना गर्न कांग्रेस गैडाकोटले अल्टिमेटम दिएको छ । नगरपालिकाले कानुनी सल्लहाकार राखेको बिषयमा नगरप्रमुख पौडेलले आफुले अहिलेसम्म कसैलाई पनि कानुनी सल्लहकार नराखेको ,राखेको भए देखाउन चुनौती दिएको र आफनो मानमर्दन हुने काम गर्नेहरु कुकुर भएको संज्ञा गैंडाकोटकै एक रेडियोलाई अन्र्तबार्ता दिएपछि बिबादित बनेका नगरप्रमुख पौडेलले आफुलाई नसच्चयाए परिणाम दुर्भाग्य हुने काग्रेस गैंडकोटका सभापति तारापति खरेलले आज जारी गर्नुभएको प्रेस बिज्ञप्तीमा जनाउनुभएको छ । काग्रेस गैंडाकोटले नगरउपप््रमुख सहित ६३ जना बहुमत सदस्यहरुको अपमान हुने गरि नगरपालिकालाई अल्पमतबाट चलाएर नगरबासीको मतमाथि गम्भीर खेलवाड गरेको भन्दै अब पनि नगरप्रमुखले सार्बजनिक माफी माग्ने र आतमालोचना नगर्ने हो भने काग्रेस चुप लागेर नबस्ने चेतावनी दिएको छ । नगरप्रमुखले कानुनी सल्लहकार नराखेको बताएर कुकुरको संज्ञा दिए पछि भोली पल्टै कानुनी सल्लाहकार राखेको प्रमाण बाहिरिएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले नगरपालिकाका तर्फबाट र मृगौला तस्करीमा पक्राउ परेका अधिबक्ता रमेश काफलेले कानुनी सल्लाहकारका रुपमा र नगरपालिकाका प्रशासकीय अधिकृत लिलाधर शर्माले रोहबरमा हस्ताक्षर गरेको समझौता पत्र बाहिरिएपछि गैंडकोटका नगरप्रमुख बिरुद्ध स्थानीयले आन्दोलन शुरु गरेका छन् । आज पनि उनीहरुले नगरपालिकाको गेटमा कालो पटटी बाँधेर नगरप्रमुख बिरुद्ध नाराबाजी गरेको आन्दोलनका संयोजक राजेश पौडेलले बताउनुभयो । आन्दोलनमा तरुण नेता अमृत भटट्चन, गणेश सापकोटा, गोकुल सापकोटा, संगिता घिमिरे, किसन गुरुगं , गोबिन्द घिमिरे लगायतले नगरप्रमुखले सार्बजनिक रुपमा माफी नमागे सम्म आनदोलनबाट पछि नहटने चेतावनी दिनुभयो ।








