चितवन । कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै देवघाट क्षेत्र बिकास समितिले यस बर्ष बोलबम मेला स्थगित गर्ने निर्णय गरेको छ ।बोलबम मेला स्थगित गरेको भएसँगै दर्शन र स्नानका लागि सहभागी नहुन समितिले भक्तजनहरुलाई अनुरोध गरेको छ । स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै समितिले स्नान तथा दर्शन गर्नका लागि भक्तजनहरुलाई सहभागी नहुन आग्रह गरेको हो । समितिले आज एक सूचना जारी गर्दै हरेक बर्ष श्रावण महिनामा देवघाटधाममा वोलवम मेला उत्सवको रुपमा मनाउदै आईरहे पनि कोरोनाको सम्भावित जोखिमका कारण यस बर्ष वोलवम मेला स्थगित गरिएको भन्दै सहभागी नहुन भक्तजनहरुलाई आग्रह गरेको हो ।समितिले कोरोना महामारिको समयमा कुनै मेलापर्व नहुने भन्दै पटक पटक सुचना जारी गर्दै आईरहेको छ । यस विषयमा चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेर नै मेला नगर्ने निणय गरेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।देवघाटमा लामो समयदेखी देश तथा बिदेशबाट साउन महिनामा ५ देखी ७ लाख तीर्थयात्री आउने गर्दथे । स्नान र दर्शन गर्न आउने भक्तजनलाई सहज बनाउन पर्ने भए पनि कोरोना माहामारीको कारण यसपटक रोक लगाउनु परेको उनले बताए । पवित्रस्थलको दर्शन र स्नान गर्न आउने भक्तजनलाई हामीले रोक्न नहुने हो उनले भने, तर अहिलेको कोरोना महामारीको परिस्थितीमा भिडभाड गर्न नहुने र सामाजिक दुरी कायमा गर्नु पर्ने भएकोले हामी वाध्य छौं ।अनुगमका लागि देवघाट प्रवेश नाकामा निगरानी बढाईने, स्नानघाट व्यवस्थापन को लागि स्वयंसेवक खटाउनेजस्ता पूर्वतयारी भएको समेत उनले बताए ।








