• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नारायणीको वहाब ४४ वर्षको उच्च

  •   मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणी नदीको बहाब आज बिहान ४४ वर्ष यताको सबै भन्दा उच्च भएको छ । बिहान ९ वजे नदीको वहाब ९ दशमलब ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलबिज्ञ ई। रामबिकेश रायका अनुसार त्यतिवेला नदीमा पानीको वहाब १४ हजार ७ सय ७९ घरमिटर प्रति सेकेण्ड रहेको थियो । यस अघि सन १९७४ अगष्ट ५ मा १० दशमलब १ मिटर पानीको तह र १५ हजार ३ सय घनमिटर प्रतिसेकेण्ड वहाब मापन गरिएको थियो । बिचको अबधिमा सन २०१८ को वर्षातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड वहाब र तह ९ दशमलब ६ मिटर रहेको उहाँले जानकारी दिनुभयो । त्यतिवेला पानीको वहाब २७ वर्ष यताको सबैभन्दा वढि थियो । सन १९६३ देखि हाल सम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको सिर तर्फका क्षेत्रमा सन १९७४ यताको सबैभन्दा बढि पानी परेको देखिन्छ । सन २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको वहाब मापन भएको थियो । जलबिज्ञ रायले भन्नुभयो “४४ वर्षको अबधिमा नारायणी नदीमा पानीको वहाब आज विहान सबैभन्दा उच्च भएको देखिन्छ ।”जल विज्ञान बिभागका वरिष्ठ जलबिज्ञ बिक्रम श्रेष्ठ कोशी र नारायणीले खतराको तह नाघेको वताउनुहुन्छ । नारायणी नदीको खतराको तह आठ मिटर र वहाव ९ हजार ९ सय ९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह ७ दशमलब ३ मिटर र ८ हजार ४ सय ६० घनमिटर प्रति सेकेण्ड रहेको छ । श्रेष्ठले आज पाँच देखि ७ घण्टा पानीको वहाब यहि अबस्थामा रहने बताउनुभयो । भोलिबाट क्रमश घट्दै जाने उहाँको भनाई छ । पहिलेका वर्षहरुमा ढिलो गरि मनसुन सक्रिय हुने गरेको भए पनि यस वर्ष छिटो मनसुन सुरु भएको थियो । गएको जाडो मौषम र प्रि मनसुनको समयमा औषध भन्दा वढि पानी परेका कारण अहिले पानी पर्ना साथै खोलाहरु वढ्ने र पहिरो जाने क्रम सुरु भएको उहाँको भनाई छ । नारायणी नदीमा मस्याङ्दी, त्रिशुली, सेती जस्ता ठूला नदी मिसिएको छ । मुग्लिनमा त्रिशुलीमा मस्याङ्दी, गाईघाटमा त्रिशुलीमा सेती मिसिएको छ भने देवघाटमा त्रिशुलीमा कालिगण्डकी मिसिएर नारायणी नदी वनेको हो । यी ठूला नदीहरुमा प्रसस्त साना नदीहरु मिसिएका छन् । नारायणीको सिर क्षेत्रमा कास्कि, स्याङ्गजा, गोर्खा, लम्जुङ्ग, रसुवा, नुवाकोट, धादिङ्ग लगाएतका जिल्ला रहेका छन् । जल तथा मौषम बिज्ञान कार्यालय पोखराका प्रमुख राजाराम ढकालका अनुसार गएको २४ घण्टामा कास्किमा १ सय १८ दशमलब ७ मिलिलिटर र गोर्खामा १ सय ४५ दशमलब ८ मिलिलिटर पानी मापन गरिएको थियो । त्यस क्षेत्रमा पानी वढी परेका कारण नारायणी नदीको वहाब उच्च भएको हो । नदी वढे संगै यसको प्रत्यक्ष प्रभाव चितवन र नवलपरासी जिल्लामा पर्दछ । नारायणी नदी किनारका बस्तिहरुमा पानी पसेपछि सोमबार साँझबाटै केही वस्तिहरुलाई स्थानान्तरण गरिएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १६,२६ र २७ मा नारायणी नदीको पानी पसेपछि त्यहाँको बस्ति स्थानान्तरण गरिएको थियो । नारायणी नदीमा पछिल्ला वर्षहरुमा लगाईएको ड्याकका कारण नदीको पानी बस्तिमा पस्नबाट धेरै हद सम्म जोगिएको स्थानीय वताउँछन् । नारायणीमा मिसिएको त्रिशुलीको वहाब उच्च भएर कटान गर्दा ईच्छाकामनाको फिस्लिङमा दुई तले घर सहित तीन घर बगाएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.