• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

गणेशबहादुर स्मृति फुटबल : क्वाटरफाइनल समिकरण पुरा

  •   मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर  महानगरपालिका ११ कैलाश टोलमा जारी पाँचौ स्वर्गीय गणेशबहादुर स्‍मृति जिल्ला स्तरीय खुल्ला नकआउट फुटबलको क्वाटरफाइनल समिकरण पुरा भएको छ । आज (मंगलबार) पहिलो चरण अन्तिम खेलहरु सकिएसँगै क्वाटरफाइनल पुग्ने सबै आठ टोलीको टुङ्गो लागेको हो । आज पहिलो खेल आयोजक नारायणी मोटर्स युनिक क्लब ‘बी’ र नयाँबस्ती फुटबल ट्रेनिङ सेन्टरबीच भएको थियो । सोमबार भीषण हावाहुरीसहितको वर्षाका कारण स्थगित भएको खेलको दोस्रो हाफ आज खेलाईएको हो ।

    सोमबार पहिलो हाफ सकिएपछि भीषण हावाहुरीसहितको वर्षाका युनिक ‘बी’ र नयाँबस्तीबीचको खेलको दोस्रो हाफ पोस्टपोण्ड भएको थियो । उक्त खेलमा युनिक ‘बी’ ले नयाँबस्तीलाई टाई ब्रेकरमा ५-४ ले पाखा लगायो । त्यस अघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफको पहिलो मिनेटमा नै गणेश हमालले गोल गर्दै युनिक ‘बी’ लाई अग्रता दिलाए थिए । तर २९ औं मिनेटमा आशिष थिङले नयाँबस्तीका लागि बराबरी गोल फर्काए । युनिक ‘बी’ का गोलरक्षक निमशिखर म्यान अफ दि म्याच भए ।

    आजको अर्को खेलमा नारायणी एफसीले एफसी भरतपुर ९ विरुद्ध रोमाञ्चक जित हात पारेको छ । नारायणीले एफसी भरतपुरलाई ४-३ ले पाखा लगाएको हो । नारायणीको जितमा अजय गुरुङले ह्याट्रिक गरे । यस्तै सोम गुरुङले अर्को एक गोल थपे । एफसी भरतपुरका मिलन दुरा र पर्वत श्रेष्ठले एक-एक गोल फर्काए । एफसी भरतपुरले एक गोल उपहार पायो । नारायणीले सबै चार गोल पहिलो हाफमा गरेको थियो । पहिलो हाफको छैटौं मिनेटमा अजयले गोल गर्दै नारायणीलाई अग्रता दिलाए । १२ औं मिनेटमा सोमले नारायणीको अग्रता दोब्बर बनाए ।

    १९ औं मिनेमा अजयले व्यक्तिगत दोस्रो गोल गरेपछि नारायणीले ३-० को अग्रता लियो । २३ औं मिनेटमा एफसी भरतपुरका मिलनले गोल फर्काए । २५ औं मिनेटमा उसले उपहार गोल पायो । नारायणीका अमृत श्रेष्ठले आत्मघाती गोल गरेपछि खेल एफसी भरतपुरले अग्रता छोट्टायो । २६ औं मिनेटमा अजयले ह्याट्रिक गर्दै फेरि नारायणीको अग्रता लम्बाए । दोस्रो हाफको २९ औं मिनेटमा एफसी भरतपुरका पर्वतले गोल गरे पनि हार टार्न सकेनन् । ह्याट्रिक गरेका नारायणीका अजय म्यान अफ दि म्याच भए । आजको अन्तिम खेलमा आयोजक युनिक ‘ए’ एफसी नौरङ्गेसँग सडन डेथमा पराजित भयो । निर्धारित समयमा १-१ गोल भएपछि खेल टाईब्रेकरबाट धकेलिएको थियो ।

    टाईब्रेकरमा ५-५ प्रहारमा पनि बराबरी भएपछि खेल सडन डेथमा धकेलियो । सडन डेथमा नौरङ्गेले बाजी मार्‍यो । त्यस अघि खेलको चौथो मिनेटमा सुजन बरामले युनिक ‘ए’ लाई अग्रता दिलाएका थिए । नवौं मिनेटमा नौरङ्गेका पदम गुरुङले बराबरी गोल फर्काए । पदम नै म्यान अफ दि म्याच चुनिए । बरामले युनिक ‘ए’ लाई अग्रता दिलाएका थिए । नवौं मिनेटमा नौरङ्गेका पदम गुरुङले बराबरी गोल फर्काए । पदम नै म्यान अफ दि म्याच चुनिए । प्रतियोगितामा बुधवारबाट क्वाटर फाइनल चरणका खेलहरु हुनेछ । बुधवार क्वाटरफाइनलका दुई खेल हुनेछ । पहिलो खेल दिउँसो २ बजे टाईगर युवा क्लब र पदमपोखरी फुटबल ट्रेनिङ सेन्टर हेटौंडाबीच हुनेछ ।

    दिउँसो ४ बजे दोस्रो खेलमा युनिक क्लब ‘बी’ र नारायणी एफसी भिड्नेछन् । युनिक क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ६० हजार प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, स्ट्राईकर, उच्च गोलकर्ता तथा उदयमान खेलाडीले नगद तीन-तीन हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल २४ गते हुनेछ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.