नवलपुर । पूर्वी नवलपरासी (नवलपुरमा) मा आज एकै दिन ६३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा कोभिड १९ अस्थायी अस्पतालमा उपचाररत गैंडाकोट नगरपालिकाका १३ जना (११ पुरुष र २ महिला) , देवचुली नगरपालिकाका ९ जना (८ पुरुष र १ महिला) ,कावासोती नगरपालिकाका ९ जना (८ जना परुष र १ महिला) ,मध्यविन्दु नगरपालिकाका ९ जना (८ जना परुष र १ महिला) संक्रमित उपचारपछि निको भएर फर्किएका हुन् । त्यसैगरी, बौदीकाली गाउँपालिकाका ४ जना पुरुष, बुलिङटार गाउँपालिकाका १२ जना पुरुष , हुप्सेकोट गाउँपालिकाका ५ जना पुरुष र विनयी त्रिवेणी गाउँपालिकाका २ जना पुरुष उपचारपछि निको भएर घर फर्किएका छन् । आज (बुधबार) निको भएर ६३ जना संक्रमित घर फर्किएका सामुदायिक प्राकृतिकि चिकित्सालयका निर्देशक डा.बिनोद पौडेलले जानकारी दिए । यस्तै चिकित्सालयमा रहेका अन्य संक्रमितको अवस्था पनि सामान्य रहेको र आउँदो शुक्रबार पुनः स्वाब परीक्षण गरिने जनाइएको छ ।









