चितवन । साउन ७ गते सम्म चितवन जिल्ला भित्रका ७७ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन । एक सय १३ जना कोरोना संक्रमित मध्य ७७ जना निकोभएर फर्किएको जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिनुभएको हो । ३६ जनाभने भरतपुर कोरोना अस्पतालमा उपचाररत रहेका छन ।
यस संक्रमणको कारण जिल्लामा मृत्यु हुनेमा एक जना बृद्ध पुरुष रहेका थिए । जो भरतपुर महानगरपालिका वडा नं. ११ निवासी हुन । यस्तै सिम्खडाले हाल जिल्लाको विभिन्न स्थानमा स्थापना गरिएको ११८ वटा क्वारेन्टिनमा ५ सय २ जना रहेको जानकारी दिनुभएको छ ।
हिजो –मंगलबार सम्म भने १७ सय ७० जनाले क्वारेन्टिन अवधि पुरा गरेर गईसकेका छन् । साथै सिम्खडाले १ सय २० दिन लामो लकडाउन आजबाट हटेको भएपनी कोरोनाको जोखिम अझै भएकाले सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।








