चितवन । चितवनमा थप एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर–१५ का ४१ वर्षीय पुरुष व्यक्तिमा संक्रमण पुष्टि भएको हो । भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालाकाअनुसार उनी हाल क्वारेन्टिनमा छन् । बिहीबार १ सय ३९ जनामा गरिएको नमूना परीक्षणका क्रममा अन्य सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।









