सांकेतिक तस्विर
काठमाडौँ । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड आक्रमण गर्ने २ जना पक्राउ परेका छन् । आक्रमणमा परेकी उनको मोबाइलको कल डिटेल हेरेर घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गर्न सफल भएको हो । रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौँको डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मदलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार एसिड आक्रमका मुख्य योजनाकार रहेका मोहम्मदले युवतीलाई उनी बस्ने कोठा नजिकै छोडेका थिए । मोहम्मद फर्केलगत्तै मुन्नाले उनीमाथि एसिड प्रहार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । मोहम्मद आलम र पत्रिवा कार्कीबीच मोबाइलमार्फत दिनहुँ जसो कुरा भइरहने पाइएको अनुसन्धानमा संलग्न प्रहरी बताउँछन्। एसिड प्रहार भएकी २२ वर्षीया पवित्रा कार्कीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ।








