• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

उम्मेदवार छनोट त्रुटिबारे कांग्रेसभित्र समीक्षा

  •   बुधबार, जेठ ११, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटमा भएको कमिकमजोरी र त्रुटिबारे कांग्रेसभित्र समीक्षा हुन थालेको छ । विशेषगरी पार्टीबाट टिकट नपाएपछि बागी (स्वतन्त्र) रुपमा उम्मेदवारी दिएका निर्वाचित भएपछि कांग्रेस मधेश प्रदेशमा उम्मेदवार छनोटमा भएको त्रुटिबारे समीक्षा गरिन थालिएको हो ।

    टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टीभित्रैबाट वागी बनेका जनकपुरधाम उपमहानगरपालिकाका मनोज साह सुडी र बर्दिबास नगरपालिकाका प्रल्हाद क्षेत्रीले लोकप्रिय मत ल्याएर विजयी भएपछि कांग्रेस मधेश प्रदेशमा समीक्षा सुरु भएको हो ।

    मनोनयन दर्ताको अन्तिम दिन क्षेत्रीको टिकट केन्द्रबाट हस्तक्षेप गर्दै खोसिएको थियो भने जनकपुरधाममा साहको चर्चा हुँदाहुँदै सत्ता गठबन्धन दलले जसपाबाट लालकिशोर झालाइ टिकट दिएको थियो ।

    जनकपुरधाम उपमहानगरपालिकामा घण्टा घर चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा होमिएका साहले निकटतम प्रतिद्वन्द्वीलाइ ४ हजार ३० मतले पराजित गरे । निकटतम प्रतिद्वन्द्वी  एमालेका शिवशंकर साहले ९ हजार ५३२ मत ल्याए भने मनोज साहले १३४६५ मतसहित फराकिलो मतान्तरले विजयी भए ।

    सत्ता गठबन्धनका साझा उम्मेदवार लालकिसोर झा चौथो नम्बरमा खुम्चिनु पर्‍यो भने एमाले, लोसपा क्रमशः दोस्रो र तेस्रो बने । उपमहानगरपालिकामा मनोज साह जस्तै बागी र स्वतन्त्र गरी २६ जनाले उम्मेदवारी दिएका थिए ।

    त्यस्तै बर्दिबास नगरपालिकामा पनि चुनावी मतपरिणाम निकै रोचक बन्यो । कांग्रेसले गरेको टिकट वितरणप्रति असन्तुष्टि जनाउदै बागी उम्मेदवार बनाएर कांग्रेसको असन्न्तुष्ट समूह चुनावी मैदानमा होमियो ।

    टिकटको चर्चा र जनाधार प्रल्हाद क्षेत्रीको पक्षमा हुँदाहुँदै चिरञ्जीवी हमाललाई टिकट थमाएको आरोप लगाउदै कांग्रेस नगरकमिटीका सभापतिसहित नेता कार्यकर्ता  प्रल्हाद क्षेत्रीको पक्षमा उभिए ।

    जसको परिणामस्वरूप क्षेत्रीले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए । निकै लोकप्रिय मतसहित विजयी भएका क्षेत्रीले आफूमात्र विजयी भएनन्, प्यानललाइ नै विजयी गराए ।

    चारवटा वडा, उपमेयरसहित विजयी भएका क्षेत्रीले माओवादी केन्द्रलाइ ५ हजार ८८७ को  फराकिलो मतान्तरले पराजित गरे । माओवादी केन्द्रवाट उम्मेदवार बनेका राजु खडकाले ८ हजार ३२३ मत ल्याए भने प्रल्हाद क्षेत्रीले १४ हजार २१० मत ल्याएर विजयी भए ।

    क्षेत्रीले बर्दिबास नगरपालिकामा २० वर्षदेखि एकल राज गर्दै आएको माओवादी केन्द्रलाइ मात्र विस्थापन मात्र गराएनन, कांग्रेसका आफ्नै आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालको जमानत जफतसमेत गराए । चिरञ्जीवी हमालले १२६३ मतमा नै सीमित बन्नुपर्‍यो ।

    जनता र कार्यकर्ताको भावनाविपरीत पार्टीले टिकट दिँदा   आधिकारिक टिकट उम्मेदवार पराजित र बागी निर्वाचित भएपछि कांग्रेस मधेश प्रदेशभित्र उम्मेदवार छनोटमा भएको कमिकमजोरीबारे समीक्षा हुन थालेको हो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.