काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार तोलामा २ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, आज चाँदी भाउ पनि बढेको छ । मंगलबार तोलामा एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ५ रुपैयाँले बढेर एक हजार २७५ रुपैयाँ मूल्यमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








