काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहिबार तोलामा ४ सय रुपैयाँले घटेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुनको भाउ तोलाको ९७ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, आज चाँदी भाउ पनि घटेको छ । बुधबार तोलामा एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार तोलामा ५ रुपैयाँले घटेर एक हजार २७० रुपैयाँ मूल्यमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








