• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

रोल्पा कारागारमा आत्महत्या प्रकरण : ‘विजयविक्रम शाहको कैद भुक्तानी गर्न लगाएर भाइको हत्या गरियो’

  •   शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका २ घरवारीटोलका २० वर्षीय सुन्दर हरिजनको रोल्पा कारागारमा शंकास्पद मृत्युको घटनालाई निष्पक्ष छानबिन गरी न्याय दिलाउन पीडितका दाजुले माग गरेका छन् ।

    मोबाइल चोरीको आरोपमा १० हजार धरौटी जम्मा गर्न नसकेको कारण थुनामा रहेका हरिजनको रोल्पा कारागारमा गत जेठ ५ गते भुण्डिएर आत्महत्या गरेको भन्दै कारागार प्रशासनले विजय बिक्रम शाहको मृत्यु भएको भन्दै शव बुझ्न फोन गरी बोलाएको मृतकका दाजु राजकुमार हरिजनले बताए ।

    उनले भने–‘ सामान्य धरौटी बुझाउन नसक्दा कारागार चलान भएको भाइको मृत्यु भयो शव लैजान मलाई मात्र मोटरसाइकलमा लगियो । रोल्पा कारागार पुगेर हेर्दा भाइको शव देख । तर, शवको  मुचुल्का कागजमा भने मृतकको नाम विजय विक्रम शाहको उल्लेख थियो । मैले मेरो भाइको नाम सुन्दर हरिजन हो भनेपछि खैलाबैला मच्चिएको थियो ।’

    कारागारबाट मृतक सुन्दर हरिजनको सरसामान भनेर पठाइएको सामानले पनि आश्चर्यचकित बनाएको उनले बताए । उनले भने,  भाइको सामान भनेर पठाइएको छ । यी सामान भाइका हुँदै होइनन् । हाम्रो यस्तो सामान पठाउने हैसियत नै छैन ।’ उनले भाइलाई कारागार प्रशासनले नै जबरजस्ती विजयविक्रम शाहको अपराधको कैद भुक्तान गर्न रोल्पा पठाएर हत्या गरेको ठोकुवा गरे ।

    उनले गत ७ जेठ आइतबार रोल्पा कारागारलेई शव बुझाउदा भाइको शरीर भरी कुटपिट भएको निल डाम रहेकोले घटना आत्महत्या नभई कर्तव्य ज्यान मुद्दा भएकोले निष्पक्ष रुपमा छानवीन गरी दोषीमाथी कडा कारवाही गर्न माग गरे । उनले न्याय नपाउदासम्म शवको अन्तिम संस्कार नगर्ने अडान लिएका छन् । मृतक हरिजनको शव नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको शव गृहमा राखिएको छ ।

    रोल्पा कारागारमा मृत्यु भएका २० वर्षीय सुन्दर हरिजनलाई २ पटक चोरीको मुद्दामा जिल्ला अदालत बाँकेले २०७५र६र२३ र २०७६र१०र२१ गते गरेको फैसला बमोजिम नेपालगञ्ज कारागारमा कैद भुक्तान गरिरहेका थिए । कैद भुक्तानकै क्रममा बाँके कारागार प्रशासनले स्थान अभावको कारण नेपालगञ्जबाट २०७७र ०८र ०८ गते कारागार स्थान्तरण गरी रोल्पा कारागारमा लगिएका हरिजनको हत्या वा आत्महत्या भन्ने विषयमा सरकारले कारागार विभागका निर्देशकको नेतृत्वमा एक उच्च स्तरिय समिति गठन गरेको छ ।

    घटनामा सुर्खेत वराहताल गाउँपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयवक्रिम शाह शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुण्डीएर आत्महत्या गरेको भन्दै रोल्पा कारागार प्रशासनले भुण्डिएर आत्महत्या गरेका ब्यक्तिको आफन्तलाई शव बुझाउन खोज्दा शाह परिवारले आफ्नो मान्छे नभएको बताएपछि घटना थप रहस्यमय बनेको थियो ।

    कारागारको विवरण उल्लेख भएको व्यक्ति र कैद भुक्तान गर्ने क्रममा रहस्यमय मृत्यु भएका व्यक्ति अर्कै अर्थात् फरक–फरक भएको मृत्यु घटनाले बाहिर आएपछि नेपालका कारागारहरूको अवस्था झल्काएको छ ।

    मृतक सुन्दरले विजय विक्रम शाहको कैद भुक्तानको लागि रोल्पा पठाईएको आशंका गर्दै गर्दा हरिजनमाथि मोवाईल चोरीको आरोप थियो भने शाहमाथि हातहतियार र खरखजनाको मुद्दामा थुनामा रहेका थिए । रोल्पा कारागारको घटनाको छानविन गर्न नेपाल सरकारले एक छानविन समिति बनाएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.