• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवनमा पहिलो पटक डिड्यानको ‘एक्वा जुम्बा डान्स’, सय बढीको सहभागिता

  •   आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नृत्य निर्देशक संघ नेपाल (डिड्यान) चितवन शाखाले एक्वा जुम्बा (संगीत प्रयोग गरेर स्वीमिङ पुलमा गरिने व्यायाम) कार्यक्रम गरेको छ । भरतपुरको धावन रिक्रियसन तथा रेष्टुरेण्टमा शनिबार एक्वा जुम्बा कार्यक्रम सम्पन्न गरेको हो । डिड्यानका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भुवनदास श्रेष्ठले डिड्यान शाखाद्वारा हुने कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    चितवन शाखाले आयोजना गरेको अक्वा जुम्बा डान्सको प्रशंसा गर्दै प्रमुख अतिथि श्रेष्ठले धन्यवाद दिएका थिए । व्यस्त जीवनका लागि स्वस्थ जीवन र स्वस्थ जीवन नै स्वास्थ्यको धन भएको उनले बताए । अक्वा जुम्बा डान्सबाट स्वास्थ्यलाई फाइदा पुग्ने उनले सुझाव दिए । जुम्बाको निरन्तरता नै स्वास्थ्यलाई चाहिने अभ्यास भएको उनको धारणा थियो । आफ्नो स्वास्थ्यलाई आफैले ख्याल राख्नु पर्ने भएकाले जुम्बालाई निरन्तरता दिनु पर्ने बताए ।

    स्वास्थ्यलाई चुस्तदुरुस्त राख्न अन्य कुनै ब्यायाम पनि गर्न सकिने भए पनि जुम्बालाई नै रोज्नु पर्ने उनको जिकिर थियो । १३ जनाको समितिबाट सुरु भएको डिड्यान हाल देशभर २३ वटा शाखा रहेको छ भने हालै अमेरिकामा पनि शाखा गठन भएको छ । नेपालभरि नै शाखा गठन गर्ने तयारी भइरहेको उनले जानकारी गराए । डिड्यान चितवनका अध्यक्ष रेनु तामाङले अक्वा जुम्बाले स्वास्थ्य सँगसँगै मानसिक तनावलाई पनि उपयुक्त हुने बताइन् । स्वास्थ्यभन्दा ठूलो धन केही नभएकाले जुम्बा व्यायामलाई निरन्तरता गर्न सबैलाई उनले आग्रह गरे ।

    कार्यक्रममा डिड्यान केन्द्रीय समितिका पदाधिकारीहरुको आगमनले सुनमा सुगन्ध थपिएको र एउटा अभिभावकत्व प्राप्त भएको उनले जिकिर गरिन् । उनले कार्यक्रम उच्च राख्न सहयोग गर्नुहुने, साथ दिनुहुने सबैलाई धन्यवाद व्यक्त गरिन् । अक्वा जुम्बा अन्तर्गत पानीमा नृत्य, बल पासिङ, पौडी प्रतियोगिता सम्पन्न गरिएको थियो । प्रतियोगितामा विजयी हुनेहरुलाई आकर्षक पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको चितवन डान्स सेन्टर र लाहुरेनीको साडी पसलले प्रायोजन गरेको हो ।

    कार्यक्रममा केन्द्रीय अध्यक्ष श्रेष्ठ तथा अतिथिहरुलाई चितवन शाखाका अध्यक्ष रेनु तामाङ, निवर्तमान अध्यक्ष लीलाराज थापामगरले संयुक्त रुपमा मायाको चिनो प्रदान गरेको थियो । संघका अन्य पदाधिकारी तथा सदस्यहरुलाई संघप्रति योगदान पुर्‍याए वापत प्रशंसा स्वरुप प्रमाणपत्र दिइएको थियो । कार्यक्रममा डिड्यानका केन्द्रीय उपाध्यक्ष शम्भु शाही, सहकोषाध्यक्ष केशव कोइराला, केन्द्रीय सदस्य एवम् काठमाडौं शाखाका अध्यक्ष बुद्ध लामा, चितवन डान्स सेन्टरका प्रबन्ध निर्देशक मनोज लामालगायतको उपस्थिति रहेको थियो ।

    उक्त जुम्बा डान्समा १०० बढी प्रतियोगीहरुको सहभागिता रहेको थियो । संघले पहिलो पटक एक्वा जुम्बा डान्स गरेको हो भने यसअघि चितवन डान्स सेन्टरले सो प्रतियोगिता गरेको थियो । कार्यक्रमका संयोजक तथा संचालक डिड्यानका सल्लाहकार जनार्दन ढकालले गरेका थिए भने शाखाका अध्यक्ष रेनु तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.