काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ २ सय रुपैयाँले बढेर सोमबार ९८ हजार २ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, आज चाँदी भाउ पनि बढेको छ । आइतबार तोलामा एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले बढेर एक हजार २८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








