काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन १२ सय रुपैयाँले बढेको छ। साताको पहिलो दिन आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुन सोमबार प्रतितोला १२ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ थियो। यसैगरी चाँदी पनि प्रतितोला ५५ रुपैयाँले बढेर सोमबार १ हजार २ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५५ रुपैयाँ तोकिएको थियो ।








