काठमाडौं । सुनको मुल्य निरन्तर उकालो लाग्ने क्रममा छ । यो साता निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्यले मंगलबारपनि सोमबारको तुलनाका बढेर नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ९७ हजार ५०० सयमा कारोबार भएको सुन मंगलबार मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ भने चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी १२१० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।








