• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

इच्छाकामनाका चेपाङ समुदायका महिला: ‘सीप सिक्ने अवसर देऊ ’

  •   मङ्गलबार, साउन १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ
    मुग्लिन ।  इच्छाकामनाका चेपाङ समुदायका महिलाले सीप सिक्ने अवसर जुटाइदिन स्थानीय तहसँग माग गरेका छन् । पैरवी मञ्चद्वारा सोमबार इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा आयोजना गरिएको कार्यक्रममा अगुवा चेपाङ महिलाले आत्मनिर्भर बन्न सीपमूलक तालिमको माग गरेका हुन् ।
    इच्छाकामना–३ का ज्योति चेपाङले आफूलाई आत्मनिर्भर बन्नका लागि चालक(ड्राइभर) पेशामा लाग्ने रुचि भएको र अर्थाभावका कारण तालिम लिनबाट बञ्चित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई चालक बन्न मन छ, तर कहाँ गएर सिक्ने नजिक तालिम केन्द्र छैन, त्यसमाथि आर्थिक जुटाउन सकिँदैन”, ज्योति चेपाङजस्तै दर्जनभन्दा बढी चेपाङ महिलाले चालक भन्ने सपना रहेको बताएका थिए । यस्तै अन्सु चेपाङले सिलाइबुनाइमा आफ्नो रुचि भएको र सजिलै गर्न सकिने भएकाले तालिम उपलब्ध गराइदिन आग्रह गर्नुभयो ।
    गाउँपालिकाले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिमबारे आफूलाई थाहा नहुनेसमेत उहाँले बताउनुभयो । अर्का चेपाङ महिला सुनिमाया चेपाङले ब्यूटीपार्लर तालिम लिई पसल सञ्चालन गरी आत्मनिर्भर बन्ने इच्छा रहेको सुनाउनुभयो ।
    डिलमाया चेपाङले समयमा उपलब्ध नहुने र आवश्यकतानुसार व्यावसायिकरूपमा खेती गर्न पर्याप्त नहँुदा गाउँपालिकाबाट वितरण गरिने बीउबिजनबाट लाभदायक नभएको र तरकारी खेती गर्दै आएकाले कृषि तालिमको व्यवस्था गरिदिन आग्रह गर्नुभयो । केही चेपाङ महिलाले उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार बस्नुपरेको गुनासो गरेका थिए । कार्यक्रममा वडाध्यक्ष गोवद्र्धन अधिकारीले चेपाङ महिलाको मागबमोजिम सीपमूलक तालिम उपलब्ध गराउन पहल गर्ने र वडा र गाउँपालिकाले कृषिमा विशेष जोड दिएको बताउनुभयो ।
    कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य दमनकुमारी चेपाङले आफ्नो रुचि र योग्यताअनुसार विषय छनोट गरेर मात्र सीप लिँदा सदुपयोग हुने बताउनुभयो । उहाँले गाउँ कार्यपालिकामा आफूले सबै माग लैजाने जानकारीदिनुभयो ।
    गाउँपालिका कृषि शाखा प्रमुख आनन्द घिमिरेले चेपाङ समुदायका लागि कृषिमा विशेष जोड दिइने र अब सामूहिक खेतीमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव आइतसिंह चेपाङले विभिन्न सङ्घसंस्थाबाट सहयोग लिनुभन्दा अघि आफ्नो समुदायको पहिचान, धर्म संस्कृतिमाथि असर पुग्छ कि भनेर सोच्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय चेपाङ समुदायमा आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचको विकास भएको बताउनुभयो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.