चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रकृया टुङ्गोमा लगाउने बेला सम्म पाँच दलीय गठवन्धन कायम रहने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुर महानगरको आगामी कार्यदिशा बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संघ र प्रदेशको निर्वाचन सम्म मात्रै नभएर शान्ति प्रकृया टुङ्गोमा पु¥याउने र बिकासको नयाँ युग तिर लैजानका लागि पनि सामुहिकतामानै जाने बताउनु भयो ।
देशलाई अब कसैले प्रतिगमन तर्फ लान नसक्ने भन्दै उहाँले भन्नुभयो “अहिले पनि समस्या र चुनौति त छन, यद्यपी गठवन्धनको सरकार समाधानको दिशातर्फ अघि बढेको छ ।”अहिले देशमा एक्लै हिड्ने प्रबृति र मिलेर हिड्ने प्रबृतिका बिचमा लडाइ भईरहेको उहाँले बताउनुभयो । हरेक पार्टी भित्र पनि यो प्रबृति कायम रहेको भन्दै उहाँले भन्नुभयो “हिजो प्रतिगमन तिर जान खोज्ने, संबिधान मिच्न खोज्ने, लोकतन्त्रलाई मास्न खोज्ने प्रबृति एक्लै हिडेको छ ।
अर्को सबै मिलेर जाउँ भन्ने प्रबृति रहेको छ ।” एकताको पक्ष र बिरोधिका बिचमा अहिले लडाई चलिरहेको उहाँले बताउनुभयो । स्टेर्ट पार्टनरसिप प्रोग्राम (एसपिपी) पूर्ब प्रधानमन्त्री केपि ओली सरकारको पालामा भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “राष्ट्रबादको ढोङ्को पछि नलाग्न र सक्कली राष्ट्रबाद हुन पनि अपिल गर्दछु ।” अध्यक्ष दाहालले चितवनको भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउन आँफुले पहल थाल्ने बताउनुभयो । काठमाडौं फर्किएर प्रधानमन्त्री शेर वहादुर देउवालाई भेट गरि डढेलधुरामा मात्र होईन चितवनमा पनि आबश्यक रहेको भन्दै प्रस्ताब गर्ने उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिकामा बिगतमा भएका बिकासको प्रसंशा गर्दै उहाँले यस अघि पहिलो प्रथामिकता सडक रहेको भन्दै अबको प्रथामिकता उत्पादन, रोजगारी, सामाजिक सुरक्षा र न्याय तर्फ केन्द्रित हुनु पर्ने बताउनुभयो । बिकासका हिसाबले आफ्नो ध्यान देशभरनै पुग्ने भए पनि यहाँको बिकास देशकै लागि नमुना वन्ने बताउनुभयो । कार्यक्रममा उर्जा, सिचाई तथा जलश्रोत मन्त्री पम्फा भूषालले नारायणी तटवन्धन र सिचाईका क्षेत्रमा भरतपुरमा महत्वपूर्ण काम अघि वढेको बताउनुभयो । बार्षिक रु ३ खर्ब ५० अर्ब भन्दा वढि खाध्यान्न बाहिरबाट आएको भन्दै उहाँले यसलाई रोक्ने गरि कृषी उत्पादन यही गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “सिचाइको व्यवस्था हामी गर्छौं । चितवनले गरेको उत्पादन जिल्लामा मात्र सिमित नभएर राजधानिमा पनि पुग्नु पर्छ ।” बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले चितवन, मकवानपुर र धादिङ्मा चेपाङ्लाई लक्षित गरि बिशेष कार्यक्रम अघि सारिएको बताउनुभयो । प्रदेश सरकारले ल्याएका बजेटका मुख्य अंशका बारेमा उहाँले जानकारी गराउनु भएको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बिश्व पौडेलले चितवनलाई सडक सञ्जाल मार्फत काठमाडौं, पोखरा, भैरहवा र बिरगंञ्जलाई जोड्ने गरि कार्यक्रम अघि वढाईएको बताउनुभयो ।
सो अबसरमा बागमती प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मिलनबाबु श्रेष्ठ, अर्थ सचिब मधुकर मरासिनी, भौतिक योजना तथा पूर्बाधार बिकास मन्त्रालयका सचिब गोपल प्रसाद सिग्देल, सडक बिभागका महानिर्देशक अर्जुनजंग थापा, नागरिक उड्ययन प्राधिकरणका महाप्रबन्धक प्रदिक अधिकारी, सिचाई बिभागका महानिर्देशक शुशिलचन्द्र आचार्य, बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ्, नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको बर्तमान अबस्था, उपलव्धि र अबको कार्यदिशाका बारेमा प्रकाश पार्नु भएको थियो । महानगरपालिकामा चालु अबस्थामा रहेका मुख्य आयोजना र नयाँ कार्यक्रमहरुको बारेमा बिस्तृत जानकारी समेत सो अबसरमा प्रमुख दाहालले गराउनु भएको थियो ।








