काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।
गत शुक्रबार प्रतितोला एक हजार २७५ रुपैयाँ कायम भएको चाँदी आइतबार १० रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।








