• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारले कार्यविधि बनाउने

  •   बुधबार, असार ०८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारले कार्यविधि बनाउने तयारी थालेको छ । बुधवार गैरआवासीय नेपाली संघ (एनआरएनए) को वालुवाटारस्थित सचिवालयमा भएको छलफलमा सामाजिक सुरक्षा कोषका अधिकारीले सम्भवतः एक हप्ताभित्रै यससम्बन्धी कार्यविधि तयार भइसक्ने जानकारी दिए । कोषका कर्मचारी र संघका पदाधिकारीबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

    विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि गृहकार्य सुरु भइसकेको जानकारी दिँदै कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एनआरएनएसँगको सहकार्यमा कोषले छिट्टै कार्यविधि बनाएर लागू गर्ने बताए । ‘हामीले एक किसिमको ड्राफ्ट तयार गरिसकेका छौं। विभिन्न मोडालिटी छन् । एक हप्ताभित्रमा एउटा कंक्रिट तयार हुन्छ। यसमा वृहत् अध्ययन र छलफल गरेर यसलाई कार्यान्वयनको पाटोमा लैजान्छौं,’ ज्ञवालीले भने ।

    यसका लागि गन्तव्य मुलुक सम्बन्धित निकायसँग पनि द्विपक्षीय सम्झौता समेत गर्नुपर्ने उनको भनाइ छ । ‘श्रमिक विदेशमा बिरामी परेमा, दुर्घटनामा परेमा उतैको निकायले त्यसको औषधी उपचार गर्नेगरी व्यवस्था गर्नुपर्छ। यसका लागि द्विपक्षीय सम्झौता गर्नुपर्छ,’ उनले भने, ‘आजीवन अशक्तता भएमा नेपालको सामाजिक सुरक्षा कोषले समेट्ने गरी कार्यविधि तयार गर्ने तयारी छ । यस्तै कसैको मृत्युवरण भएमा पनि उनीहरूका आश्रित परिवारलाई मलम लगाउने व्यवस्था गर्छौं ।’ उनले वैदेशिक रोजगारमा जानेलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिने बेलामा नै समेट्न सकिने बताए ।

    कोषका निर्देशक कृष्ण अधिकारीले विदेशमा रहेका नेपालीलाई कोषमा समेट्नका लागि कोषले ‘प्यासन’ को रूपमा लिएर अगाडि बढेकाले एनआरएनएले साथ दिएमा चाँडै लागू हुने बताए । यस्तै सामाजिक सुरक्षा कोषकै निर्देशक रोहित रेग्मीले विदेशमा रहेका नेपालीलाई कोषमा आबद्ध गराउन एनआरएनएको नेटवर्क सबैभन्दा महत्त्वपूर्ण हुने बताए । कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक कृष्ण आचार्यले कानुनी अड्चनलाई हटाएर वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्न आग्रह गरे ।

    एनआरएनए कार्यकारी अध्यक्ष कुल आचार्यले चाँडै संघ र कोषबीच सामाजिक सुरक्षामा समेट्नका लागि दुई पक्षीय समझदारी गरिने जानकारी दिए । संघका अर्का अध्यक्ष बद्री केसीले सामाजिक सुरक्षा सम्बन्धी संघको धारणा प्रस्तुत गर्दै यसको सफल कार्यान्वयनका लागि कार्यविधि तयार पारेर गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर गरेर अगाडि बढ्नु पर्ने बताए । वैदेशिक रोजगार तथा कल्याणकारी विभागका सभापति एवं संघका उपाध्यक्ष डिवी क्षेत्रीले वैदेशिक रोजगारमा जाने नेपालीहरूलाई अनिवार्यरुपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिँदा र श्रम सम्झौता गर्दा अनिवार्य सामाजिक सुरक्षा कोषमा जोड्ने सर्त राख्नु पर्ने धारणा राखे ।

    उपाध्यक्ष क्षेत्रीले वैदेशिक रोजगारमा रहेका नेपालीको भावनात्मक सम्बन्ध जोडिएको सामाजिक सुरक्षा योजनाको अभियान सुरुवातदेखि अहिलेसम्मको अवस्थामा आउनु सकारात्मक रहेको बताए । सरकारले आर्थिक वर्षको बजेटमा नै विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्ने गरी कार्यक्रम ल्याउनु सकारात्मक भएको सहभागीले औँल्याएका छन् । एनआरएनएले आफ्नो १० औं विश्व सम्मेलन तथा असार २ गते सेमिनार आयोजना गरेर वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सरोकारवालाबीच छलफल चलाएको थियो ।

    समझदारी पत्र तयारका लागि संघका तर्फबाट उपाध्यक्ष डिवी क्षेत्री र कोषका तर्फबाट निर्देशक कृष्ण अधिकारीलाई जिम्मेवारी तोकिएको छ । एनआरएनए सचिवालय हलमा आयोजना गरिएको छलफलमा भौतिक एवं जुम मार्फत एनआरएनएका पदाधिकारीहरूले सहभागिता जनाएका थिए ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.