• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

आगामी आवको लागि चितवनका सात पालिकाले ल्याए ११ अर्ब ६५ करोड बजेट

  •   शनिबार, असार ११, २०७९ मा प्रकाशित
  • भरतपुर महानगरपालिकाको शुक्रबार भएको नगर सभा
    • अ
    • अ
    • अ

    चितवन ।  चितवनका सात वटै पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका छन् । पालिकाका उपप्रमुख तथा उपाध्यक्षले नगर तथा गाउँ सभाको अधिवेशनमा आगामी आवको लागि बजेट पेस गरेका हुन् । दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले पहिलो आवको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।

    जिल्लाका सात पालिकाले आगामी आवको लागि ११ अर्ब ६५ करोड ८ लाख ३९ हजार रुपैयाँको बजेट ल्याएका छन् । सबैभन्दा धेरै भरतपुर महानगरपालिकाको बजेट छ भने सबैभन्दा थोरै इच्छाकामना गाउँपालिकाको छ । बजेटमाथि कार्यपालिका सदस्यका बीचमा दफावार छलफलपछि केहि दिनमा नै बजेट पारित गर्नुपर्ने व्यवस्था छ ।

    भरतपुर महानगर

    भरतपुर महानगरको बजेट सात पालिकाको कुल बजेटको आधा छ । महानगरले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बजेट ल्याएको छ । महानगरको नगरसभाको ११औँ अधिवेशनमा नगर उपप्रमुख चित्रसेन अधिकारीले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट प्रस्तुत गरेका हुन् ।

    आगामी आवको बजेटका लागि आन्तरिक आयमा एक अर्ब ५० करोड प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात एक अर्ब ३० करोड र मर्मत सम्भार कोषबाट ४ करोड प्राप्त हुने अनुमान छ ।

    सडक बोर्ड नेपालबाट ३ करोड, अन्तरसरकारी अख्तियारी शीर्षकमा एक अर्ब ४० करोड र जिल्ला समन्वय समितिबाट ५ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ । महानगरले अधुरा आयोजनाका लागि एक अर्ब ३० करोड रुपैयाँ छुट्याएको छ । वडास्तरबाट हुने आयोजनाका लागि प्रत्येक वडालाई दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको अधिकारीले बताए ।

    राप्ती नगरपालिका

    राप्ती नगरपालिकाले आगामी आवका लागि ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आयोजित एघारौँ नगर सभाले आगामी आवको लागि ९० करोड ९२ लाख ६४ हजार बराबरको बजेट ल्याएको हो । सभामा नगर उपप्रमुख देवेन्द्र लामाले आगामी आर्थिक वर्षको बजेट पेस  गरेका थिए ।

    उपप्रमुख लामाका अनुसार चालुतर्फ ५३ करोड २० लाख तथा पुंजीगततर्फ ३७ करोड ७२ लाख ६४ हजार बराबरको बजेट छ । नगरले आन्तरिक स्रोतबाट ८ करोड ५० लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ । संघ र प्रदेशको अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट ६३ करोड १८ लाख ८८ हजार रुपैयाँ प्राप्त भएको छ ।

    नगर सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शमशेर लामाले कृषि र किसान लाभान्वित हुने कार्यक्रम ल्याइएको बताए । कृषि क्षेत्रको विकासका लागि बीमा सुविधा, भण्डारण, कृषि सामाग्रीको सरल र नियमित उपलब्धता, सिंचाई लगायतको व्यवस्था गरिने प्रमुख लामाले बताए ।

    खैरहनी नगरपालिका

    खैरहनी नगरपालिकाले आगामी आवका लागि १ अर्ब १ करोड १२ लाख ५१ हजार रुपैयाँ बजेट ल्याएको छ । शुक्रबार भएको नगर सभामा नगर उपप्रमुख कविता उप्रेतीले नगर प्रमुखले पेश गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट पेश गरेकी हुन् ।

    प्रस्तुत बजेटमा आन्तरिक आम्दानी १५ करोड ८ लाख संकलन हुने अनुमान छ । त्यस्तै जिल्ला समन्वय समितिबाट प्राप्त हुने सहयोग ५० लाख, संघीय सरकार सशर्त अनुदान ४ करोड, समानीकरण अनुदान १८ करोड १८ लाख, राजस्व बाँडफाँट भई प्राप्त हुन आउने ११ करोड ५७ लाख, समपुरक अनुदान १ करोड २० लाख र विशेष अनुदान ३ करोड ५८ लाख आउने अनुमान छ ।

    प्रदेश सरकारबाट सशर्त अनुदान २ करोड ४२ लाख, समानिकरण अनुदान १ करोड ७८ लाख, राजस्व बाँडफाँट भई आउने सवारी साधन कर ६ करोड ९४ लाख, विषेश अनुदान ६५ लाख, समपुरक अनुदान १ करोड ६२ लाख, सडक बोर्ड नेपालबाट ५० लाख र भारतीय दूतावासबाट प्राप्त हुने अनुदान ३ करोड ४ लाख बजेटमा समावेश गरिएको छ ।

    कालिका नगरपालिका

    कालिका नगरपालिकाले आगामी आवको लागि ८५ करोड ९७ लाख ५१ हजार रुपैयाँ बजेट ल्याएको छ । शुक्रबार नगर सभाको ११औँ अधिवेशनमा उपप्रमुख विमला तामाङले बजेट प्रस्तुत गरेकी थिइन् ।

    संघीय सरकारबाट समानिकरण अनुदान १५ करोड ५६ लाख, सशर्त अनुदान २३ करोड ४२ लाख, विशेष अनुदान १ करोड, राजस्व बाँडफाँटबाट ११ करोड ६० लाख ४ हजार, समपुरक अनुदान १ करोड, खानी तथा खनिज रोयल्टी ५ लाख र वन रोयल्टीबाट ५ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

    प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ४९ लाख, सशर्त अनुदान २ करोड ३९ लाख ६६ हजार, राजश्व बाँडफाँटबाट ५ करोड ५० लाख २९ हजार र समपुरक अनुदान २ करोड ९९ लाख ९८ हजार रुपैयाँ प्राप्त हुने तामाङले जानकारी दिइन् । नगरपालिकाले आन्तरिक स्रोतबाट ३ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ ।

    यसका अलवा मालपोत कार्यालयबाट ४ करोड, राजश्व बाँडफाँट र खोलाजन्य पदार्थबाट १ करोड, जिल्ला समन्वय समितिबाट १ करोड, सडक बोर्डबाट ४० लाख, जनसहभागिताबाट १ करोड र नगर मौज्दात १० करोड रहने अनुमान छ ।

    रत्ननगर नगरपालिका

    रत्ननगर नगरपालिकाले आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १ अर्ब ३७ करोड २७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगर उपप्रमुख यादवप्रसाद पाठकका अनुसार नगरपालिकाले आन्तरिक स्रोतबाट ११ करोड रुपैयाँ आम्दानी गर्नेछ ।

    संघीय सरकारको राजश्व बाँडफाँडबाट १२ करोड २८ लाख ८० हजार, वित्तीय समानीकरण अनुदान २० करोड ९६ लाख, सशर्त अनुदान ३३ करोड ७६ लाख, विशेष अनुदान ५० लाख, सडक बोर्डबाट प्राप्त ८ लाख, सामाजिक सुरक्षाबाट ३० करोड आम्दानी गर्ने लक्ष्य लिइएको छ ।

    प्रदेश सरकारको राजश्व बाँडफाँटबाट ७ करोड ७५ लाख ५१ हजार, वित्तीय समानिकरण अनुदान २ करोड ८ लाख ७५ हजार, सशर्त अनुदान ४ करोड ५ लाख, समपुरक अनुदान २ करोड ७५ लाख ७१ हजार, विशेष अनुदान ३५ लाख, पूर्वाधार विकास कार्यक्रम २ करोड ६७ लाख आम्दानी गर्ने लक्ष्य रहेको छ ।

    त्यस्तै, जिल्ला समन्वय समितिबाट ८० लाख र जनसहभागिताबाट १ करोड आम्दानी गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाले ११ वटा गौरवको योजनालाई प्राथमिकता दिएको छ ।

    माडी नगरपालिका

    माडी नगरपालिकाले एक अर्ब ७ करोड ८० लाख ८२ हजार बजेट ल्याएको छ । नगर उपप्रमुख खेम महतोले चालुतर्फ ४१ करोड ५० लाख र पुँजीगततर्फ ६५ करोड ४८ लाख १६ हजार विनियोजन गरिएको बताए ।

    आगामी आवको बजेटका लागि आन्तरिक स्रोतबाट १४ करोड २० लाख ७० हजार, अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट ७५ करोड ८२ लाख र राजस्व बाँडफाँड, जिसस, जनसहभागिता लगायतबाट १७ करोड ९५ लाख ४६ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ । माडीमा कृषि, पर्यटन, सडक पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।

    इच्छाकामना गाउँपालिका

    इच्छाकामना गाउँपालकाले आगामी आवको लागि ६७ करोड ५५ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले सबैभन्दा धेरै पूर्वाधार विकासमा बजेट छुट्याएको छ, जसमा आठ करोड ८४ लाख रुपैयाँ रहेको छ । स्थानीय सडक, पुल तथा झोलुंगे पुल निर्माणको लागि मात्रै पाँच करोड ७७ लाख रूपैयाँ बजेट विनियोजन भएको छ ।

    गाउँपालिकाले कृषि क्षेत्रको लागि एक करोड २८ लाख रुपैयाँ छुट्याएको छ । सामाजिक विकासतर्फ तीन करोड ७६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । स्वास्थ्यतर्फ महिला स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन भत्ता, इच्छाकामना अस्पताल निर्माण, गर्भवती स्वास्थ्य पोषणलगायतले प्राथमिकता पाएको छ । कुलप्रसाद काफ्ले/न्युज कारखाना

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.