• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

उपसचिव पदमा सिफारिस भएका उम्मेदवारलाई चैतन्य एकेडेमीको बधाई तथा शुभकामना

  •   शनिबार, असार ११, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । चैतन्य एकेडेमीले लोकसेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव पदमा सिफारिस भएका उम्मेदवारलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।

    एकेडेमीको कार्यालय नयाँबानेश्वरमा आयोजित एक समारोहबीच उनीहरूलाई शुक्रबार बधाई तथा शुभकामना प्रदान गरिएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली, पूर्वसचिव गोपीनाथ मैनाली र एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले ढाकाटोपी, खादामाला र टीका लगाएर बधाई ज्ञापन गरेका हुन् ।

    चैतन्यले सहसचिव र उपसचिवमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई यसअघि पनि सम्मान गर्दै आएको थियो । आन्तरिक र खुल्ला प्रतिस्पर्धाबाट सहसचिव, उपसचिवमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई बधाई ज्ञापन गरिएको यो चैतन्यको २८औं श्रृंखला भएको चैतन्यका कार्यकारी अधिकृत जोशीले बताए । उनले विभिन्न सेवा समूहबाट सहसचिव र उपसचिवमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई आफूहरूले बधाई ज्ञापन गर्दै आएको जानकारी दिए ।

    सहसचिव, उपसचिव, शाखाअधिकृत, स्वास्थ्य सेवा, शिक्षक सेवा, प्रहरी सेवा, बैंकिङलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताउँदै सहभागी उपसचिवहरूले चैतन्यको उक्त कार्यको प्रशंसा गरेका थिए । उनीहरूले चैतन्यले व्यावसायिक मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्ने क्षेत्रमा समेत काम गर्दै आएको भन्दै तारिफ गरेका हुन् । चैतन्यको उत्कृष्ट व्यवस्थापन र उत्कृष्ट गुणस्तरले नै उत्कृष्ट नतिजा दिन सफल भएको उनीहरूको भनाइ थियो ।

    ‘तयारी कक्षामा हामीले केवल परीक्षामा लेखिने प्रश्नको उत्तर मात्र नभई सार्वजनिक प्रशासनका बहुआयामीक पक्षहरूलाई स्थानीयदेखि विश्वव्यापीकरण भएका सैद्धान्तिक र व्यावहारिक पक्षहरू बुझ्ने अवसर प्राप्त गरेका छौं। चैतन्यले कक्षा सञ्चालन गर्दा यी विभिन्न पक्षमा ध्यान दिने गरेको छ’, कार्यक्रमका एक सहभागीले भने ।

    चैतन्य एकेडेमीले लोकसेवा आयोग तयारी कक्षाका साथै विभिन्न पेसामा संलग्न व्यक्तिहरूको पेसागत क्षमता अभिवृद्धि नीति निर्माण संगठनात्मक विकासका क्षेत्रमा विगत दश वर्षदेखि काम गर्दै आइरहेको छ ।

    आयोगका पूर्व अध्यक्ष मैनालीले देशको सार्वजनिक प्रशासनको भावी पुस्तालाई नैतिकवान्, चरित्रवान् र उच्च जिम्मेवारसहित देशको सार्वजनिक प्रशासनको छविलाई उचाइमा पुर्‍याउने काममा सक्रिय रहन सुझाव दिएका थिए । उनले आफ्ना प्रशासनका राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव पनि साटेका थिए ।

    यस्तै पूर्वसचिव मैनानीले उच्च मर्यादा र नैतिकतामा रहेर सेवा प्रवाह गर्न सुझाव दिएका थिए । चैतन्यले कोरोना महामारीपछि लोकसेवाको तयारी गरिरहेका उम्मेदवारहरूलाई मध्यनजर गर्दै प्रत्येक शनिबार नि:शुल्क रूपमा कक्षाहरू सञ्चालन गर्दै आएको छ । असार ११ गते चैतन्यले नि:शुल्क रूपमा १०१औं शनिवारिय श्रृंखला सञ्चालन गर्ने जोशीको भनाइ छ ।

    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.