• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

पार्टीले दिए नवलपुर क्षेत्र नम्बर २ बाट चुनाब लड्ने बिनोद चौधरीको चाहना

  •   आइतबार, असार १२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू अब पूर्णकालीन राजनीतिमा सक्रिय भएर लागेको बताएका छन्। कांग्रेसबाट सांसद रहेका उनले आफ्नो बाँकी जीवन राजनीतिमै विताउने पनि बताए। बाँकी जीवन कांग्रेसमै रहेर राजनीति गर्ने चौधरीले बताएका थिए। ‘६६ वर्षको उमेरमा चुनाव लड्न म वडामा गएँ।

    वडाबाट आएर महाधिवेशन प्रतिनिधि बने। त्यसपछि १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएँ,’ काठमाडौंमा पत्रकारहरूसँग कुराकानीका क्रममा चौधरीले भने, ‘अब ब्याक’मा बसेर हुन्न भनेर राजनीतिको ‘फ्रन्ट’मै आएको छु।’ उनले पूर्णकालीन राजनीतिमा आएको भन्नुको अर्थ सबै उद्योगधन्दा छाड्ने अर्थमा नबुझ्न आग्रह गरे। ‘मेरो भूमिका कम्पनीहरूमा नीतिगत तहमा र अभिभावकको रोलमा हुनेछ,’ चौधरीले भने। आफूले संगठनकै राजनीति गर्ने उनले बताएका छन्।

    ‘म संगठनकै राजनीति गर्ने भनेर वडादेखि प्रतिनिधि भएर पार्टीको केन्द्रीय समितिमा आइसकेँ। म ब्याक डोरबाट होइन, फ्रन्ट डोरकै राजनीतिमा छु,’ उनले भने। उनी कांग्रेसबाट समानुपातिकतर्फ सांसद पनि छन्। अब हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नवलपुरबाट प्रत्यक्षतर्फ चुनाव लड्ने मनस्थिति रहेको उनले बताएका छन्। ‘नवलपुरका सबै स्थानीय तह र वडा-वडासम्म पुगेर स्थानीय बासिन्दाहरूसँग कुराकानी गरेको छु। त्यहाँको सुख, दु:खबारे बुझ्ने प्रयास गरेको छु।

    महाधिवेशनदेखि नै नवलपुरमा धेरै समय दिएको हुँ,’ उनले भने, ‘प्रत्यक्षतर्फ चुनाव लड्ने मनस्थिति बनाएर गाउँ-गाउँ गएको छु। तर कहाँ कसलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गर्छ, पार्टीको निर्णय मान्छु।’ नवलपुरमा प्रतिनिधि सभातर्फ दुई क्षेत्र छन्। क्षेत्र नम्बर १ मा ०७४ को चुनावमा कांग्रेसका निवर्तमान महामन्त्री शशांक कोइराला निर्वाचित भएका थिए। यसपालि क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ चौधरीले उम्मेदवारी दिने तयारी गरेका छन्।

    ‘नवलपुरको क्षेत्र नम्बर २ मा कांग्रेसले जितेको छैन, म चुनौती सामना गर्न तयार छु,’ चौधरीले भने। ०७४ मा नवलपुर २ मा नेकपा एमालेले चुनाव जितेको थियो। चौधरीले स्वतन्त्रहरू पनि स्थानीय चुनाव जितिरहेको प्रसंग निकाल्दै कांग्रेसले उम्मेदवार चयन गर्दा यसबाट पाठ लिन सक्नुपर्नेमा जोड दिए। फरक क्षेत्रका व्यक्ति राजनीतिमा आउन चाहेमा उसको क्षमता हेरेर पार्टीले स्थान दिनुपर्ने पनि चौधरी बताउँछन्।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.