काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामपथमा कार्यरत दुई प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यद्यपी, महाशाखाले कुन दर्जाको भने खुलाएको छैन । केहि दिन अगाडी गरिएको पीसीआर परिक्षणमा बिहिबार राति आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । कोरोना देखिएसँगै कार्यालयका अन्य कर्मचारीको पनि परिक्षण सुरु भएको छ ।








