• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

ठेकेदारको ढिलासुस्तीले चापागाउँ सडक निर्माणमा ढिलाइ, दक्षिण ललितपुरवासीलाई सास्ती

  •   बुधबार, असार २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चापागाउँ । दक्षिण तथा मध्यललितपुरको केन्द्र चापागाउँ सडक विगत एक महिनादेखि ढलानको काम भइरहेकाले बन्द छ ।
    ललितपुरको ७५ प्रतिशत भूभागको केन्द्र चापागाउँ बजारमा एक महिनादेखि यातायातका साधन चल्न नसक्दा हजारौ यात्री सास्ती खेप्न बाध्य छन् ।

    एकैपटक तीन ठाउँबाट सडक ढलान गर्न सकिने अवस्था भए पनि ठेकेदारको ढिलासुस्तीका कारण अस्तव्यस्त यहाँको दैनिकी झन् झन् कष्टकर बनिरहेको हो । एकैपटक कम्तीमा दुई ठाउँबाट सुरु गरेर दिनरात काम गरे दुई हप्तामा काम सकिने स्थानीय राजन महर्जन बताउछन् । उनी भन्छन्, ‘असक्षम ठेकेदारले काम पाएपछि हामीले सास्ती पायौं ।’ स्थानीय मुख्य सडकको कछुवा हिँडाइ भएको स्थानीय मनिपाल कर्माचार्य गुनासो गर्छन् । ‘सडक बनाउँदा खरायो हिँडाइ हुनुपर्ने हो,’ उनले भने ।

    चापागाउँको ज्योति विहारदेखि टुसालसम्म सात सय मिटर सडक ढलान गर्न महिनौ लाग्ने अवस्था देखिएको छ । सडक ढलान सुरु भएपछि टाहाखेलमा रहेको बसपार्क अहिले झ्यालीपाटी सडकमा सरेको छ । लेले-टीकाभैरवको बस छम्पी हुँदै लगनखेल जाने गरेको छ । टाहाखेल, झरुवारासी,चारघरे, न्यौपानेगाउँलगायतका यात्रु बस चढ्नकै लागि ४५ मिनेटसम्म हिँडेर आउजाउ गर्नुपर्ने बाध्यता छ ।

    चारघरेका रमेश लामा बस चढ्न लामो बाटो हिँड्नुपर्ने हुँदा सधै अफिस पुग्न ढिला हुने गरेको बताउँछन् । भन्छन्, ‘बाटोका कारण समयमा अफिस नपुग्दा जागिरै जाला जस्तो भइसक्यो ।’ पछिल्लो समय ठेकेदारले २५ जना कामदार लगाएर काम गरिरहेको उनकाे भनाइ छ। उनी भन्छन्,‘डण्डी राखेमात्रै ढलान हुन्छ । मेसिनले एक सय मिटरभन्दा माथि रेडिमिक्स फाल्दैन ।’ यात्रु  आउजाउ गर्ने बाटो भएकाले डण्डी बाँध्न र काम गर्न बाधा परेको उनीहरूको गुनासो छ ।

    सडक विभागले करिब चार करोड रुपैयाँमा लगाएको सडक नवजानुका जेभीले ठेक्का पाएको हो ।
    चापागाउँ लेले, छम्पी, डुकुछाप र देवीचौरका साथै दक्षिण ललितपुरको बागमती, कोञ्ज्योसोम र महाँकाल गाउँपालिकाको केन्द्रको रूपमा स्थापित छ । काठमाडौं उपत्यका आउजाउ गर्न उत्तरी मकवानपुरका भीमफेदी बकैया र बागमती गाउँपालिकाका स्थानीय चापागाउँ बजारको बाटो प्रयोग गर्छन् ।

    नवजानुका जेभिका प्रतिनिधि लेखनाथ अधिकारीले खानेपानीको पाइप मर्मत गर्न निरन्तर सडक खनेपछि काममा बाधा भएको बताए । उनले भने, ‘यो महिनाको अन्तिमसम्म ढलान सकिन्छ । त्थयसपछि सडक मर्मत र ड्रेनको काम सुरु हुन्छ ।’
    गोदावरी नगरपालिका-११ का वडाध्यक्ष निलबहादुर देसारले काममा बाधा भएपछि अहिले खानेपानीको पाइप मर्मत गर्न सडक खन्न रोक लगाएको बताए ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.