• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

अबको १८ महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण सकिन्छ

  •   शनिबार, साउन १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम अबको १८ महिनामा सकिने निर्माण पक्षको दाबी छ । लकडाउन र कोरोनाको त्रासमा पनि निरन्तर निर्माणको काम भएकोले पनि १८ महिनामा नै निर्माणको काम सकिने भएको हो ।

    गौतमबुद्ध निर्माणको काम गरिरहेको र्धुमुस सुन्तली फाउण्डेसका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ ले निकै मेहनत र चमत्कारका साथ यो काम सम्भव हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ भरतपुर महानगर, चितवनका सम्पूर्ण राजनीतिक दलहरु सबैको सहयोग र सद्भावमा स्रोतसाधन जुट्दै गएकोले काम रफ्तार गतिमा भइरहेको छ । लकडाउनको परवाह नगरी रातदिन नभनी काम भइरहेकाले पनि हामीलाई रंगशाला निर्माणको काम सक्न १८ महिना भन्दा बढी लाग्दैन भन्नेमा ढुक्क छौं ।’ अहिले १५० जना भन्दा बढी कामदार निरन्तर काममा खटिरहेका छन् । निर्माण क्षेत्रका विज्ञहरुको समूह नै राखेर रफ्तारमा काम भइरहेकोले काम गुणस्तरीयरुपमा अगाडि बढिरहेको धुर्मुसले बताउनु भयो ।धुर्मुस सुन्तली फाउण्डेसका अनुसार खेलमैदान निर्माणको काम ८५ प्रतिशत सकिएको छ । सुरक्षा र सामाजिक दूरीका उपायहरु अपनाउँदै लकडाउनमा काम निरन्तर भइरहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजनाका निमित्त व्यवस्थापक तथा प्रमुख इञ्जिनियर मणि दासले १८ महिनाभन्दा पनि अगाडि निर्माणको काम सम्पन्न गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘ अहिले रंगशालाको जग ढलान र पिलर ढलानको काम भइरहेको छ । ग्राउण्ड ८५ प्रतिशत सकिएको छ । त्यस्तै स्ट्याण्ड ‘ए’ र ‘बी’ को काम भइरहेको छ ।’ रंगशालाको जग्गा घोलमा भएकोले जमिनबाट निस्किएको पानीले असर नगरोस् भनेर २० वटा पम्पले निरन्तर पानी तानेर बाहिर फाल्ने गरेको इञ्जिनियर दासले  जानकारी दिनुभयो । वहाँले धुर्मुसको निरन्तरको खटाइ, प्रतिबद्ध र मेहनती निर्माण टोली भएकोले पनि रंगशाला निर्माणको काम धेरै समय नलाग्ने बताउनुभयो । धुर्मुसले संघ, प्रदेश र स्थानीय तहबाट प्रतिबद्धता व्यक्त गरे बमोजिमको सहयोग रकम समयमा आएमा दिनमै ६०० सम्म कामदार थपेर पनि कामलाई अझ तीव्रता दिन सकिने बताउनुभयो ।

    भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डीपीआर)को खाका नेपालकै क्रियटिभ डिजायन आर्किटेक्चर्स प्रालिले तयार गरेको हो । सो कम्पनीले कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रंगशालाको नमूना तयार गरेको छ । रंगशालाको प्रवेशद्वारमा गौतमबुद्धको शालिक निर्माण गरिनेछ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने भएको छ ।

    बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा रंगशाला निर्माण गरिँदै छ। एक लाख ५४ हजार ५०६ वर्ग मिटरमा रंगशाला निर्माण भइरहेकोले त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ । भारत र अमेरिकाका परामर्शदातासँग छलफल गरी डीपीआरलाई अन्तिम रुप दिइएको हो । विश्वमा रहेका पछिल्लो प्रविधिबाट निर्मित रंगशालाको नमूनासमेत अध्ययन गरी परामर्शदाता कम्पनीले उच्चस्तरको डीपीआरको नमूना बनाएको थियो । विसं २०७५ माघ १६ गते धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणको सहमति भएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.