काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन् । संघ र प्रदेशको निर्वाचनको मिति साउन ४/५ मा बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने थापाले जानकारी दिए ।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा निर्वाचनको मिति घोषणा हुन लागेकाले चुनाव केन्द्रित हुन उनले कार्यकर्तालाई निर्देशन दिए । ‘अब इलेक्सनको मोडमा जाने बेला भएको छ’ थापाले भने,’ मतदातालाई नाम लेखाउन सहजीकरण गर्ने काममा तपाईंहरू लाग्नुस् ।’
पार्टीलाई विधिसंगत तरिकाले सञ्चालन गर्ने कार्यमा लागिरहेको उनले सुनाए । ६ महिनामा हामी केही चुकेका उनले स्वीकारे ।








