चितवन । चितवनमा आज ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय चितवनले सार्बजनिक गरेको रिपोर्ट अनुसार पछील्लो चौबिस घण्टामा जिल्लाभर ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो ।
लामो समयदेखि कोरोनामुक्त रहेको चितवनमा फेरि संक्रमित भेटिन थालेका छन् । यो संगै चितवनमा सकृय संक्रमितको संख्या ६ पुगेको छ । यि सबै संक्रमित होम आईसोलेसन बसेका छन् ।
यससँगै चितवनमा हालसम्म कोरोना संक्रमितको संख्या ३३ हजार ५६० पुगेको छ । जसमध्य ३३ हजार १०५ जना निको भईसकेका छन् । ४ सय ४९ जनाको भने कोरोना संक्रमणबाट मृत्यु भएको कार्यालयको तथ्याङ्क छ ।








