काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासहित उनको सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वाब लिइएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको सभा मुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार सभामुख सापकोटा सहित स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । ‘हिजो राती अबेर प्राप्त रिपोर्ट सबैको नेगेटिभ रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिनुभएको छ ।’ न्यौपानेले भनेका छन् । प्रेस सल्लाकार न्यौपानेले भने ‘सम्माननीय सभामुख उहाँको सचिवालय तथा सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । शनिबार राति अबेर प्राप्त रिपोर्ट सबैको नेगेटिभ रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिनुभएको छ ।’
सभामुखको रक्षार्थ खट्ने एक सुरक्षाकर्मीेमा कोरोना देखिएकापछि सापकोटा र उनको सचिवालय टोली सबैको शुक्रबार स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।
सभामुख सापकोटाको कोरोना रिपोर्ट आयो !
सभामुख सापकोटाको कोरोना रिपोर्ट आयो !
- अ
- अ
- अ








