फाईल फोटो
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ समस्तीपुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेकी छिन् । आँगनमा बसिरहेको बेला शनिबार राति चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई उपचारका लागि चितवन भरतपुर पठाइएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । उनको घाँटीमा चोट लागेको छ ।








