चितवन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले संघीय र प्रादेशीक निर्वाचनमा काङ्ग्रेसलाई कम क्षती हुने गरी गठवन्धनमा जानु पर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले गठवन्धनमा कसरी जाने भन्ने बिषयमा छलफल जारी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “गठवन्धनमा कसरी जाने भन्ने बिषयमा छलफल भईरहेको छ । गठवन्धन गर्दै गर्दा काङ्ग्रेसलाई कम भन्दा कम क्षती हुने गरी जानु पर्छ ।” स्थानीय तहको निर्वाचनमा आफ्ना कार्यकर्ता भन्दा पनि मतदाता कतिहुन भन्ने बुझ्न कठिन भएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “स्थानीय निर्वाचनमा हामीले रुखमा, हसिया हथौडामा, कलममा, छातामा मतदान गर्न भन्यौ । तर आफ्ना मतदाता कतिहुन भन्ने बुझ्न सकीएन ।”
फरक प्रसंगमा बोल्दै उहाँले नेपाली काङ्ग्रेस कुनै समुहको पार्टी नभएको बताउनुभयो । उहाँले भन्नुभयो “काङ्ग्रेस बिधि बिधान अनुसार हिड्नु पर्छ ।”पार्टी सभापतीले सबैलाई मिलाएर हिडाउनुहुन्छ भन्ने चाहना आफ्नो रहेको उहाँले बताउनुभयो । आँफु भागवण्डाको पक्षमा नरहेको बताउँदै उहाँले पार्टी बैधानीक रुपमा चलोस भन्ने रहेको जिकिर गर्नुभयो ।
आँफु संग बिचार मिल्ने साथीहरु संग छलफल गर्दा भाग खोज्यो भन्नु हल्ला रहेको उहाँको भनाई थियो । उहाँले थप्नुभयो “पार्टी सभापतीले भातृ संस्था र बिभाग गठनका क्रममा न्यायोचित गर्नुस् भन्ने हाम्रो चाहना हो ।” काङ्ग्रेस कम्युनिष्ट प्रबृतीबाट जान नहुने भन्दै उहाँले सरकार र सभापतिले गरेका नकारात्मक कुराको खण्डन गर्दै पार्टी बलियो वनाएर लैजानु पर्ने बताउनुभयो । काङ्ग्रेसको नेतृत्वमा सरकार छ भन्दैमा सरकारले गरेका गलत कामको खण्डन गर्नु हुँदैन भन्ने नरहेको उहाँको भनाई थियो ।
काँग्रेसलाई कम्युनिष्ट प्रबृतिमा लैजानु हुँदैनः नेता कोईराला
काँग्रेसलाई कम्युनिष्ट प्रबृतिमा लैजानु हुँदैनः नेता कोईराला
- अ
- अ
- अ








