फाईल फोटो
चितवन । कोरोनाको जोखिम बढ्दै गएपछि अनिवार्य रुपमा मास्कको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गर्दै आएको थियो । प्रशासनको अनुरोधको वेवास्ता गर्नेलाई कारबाही गर्न सुरु गरिएको छ । पुर्विचितवनको खैरहनी , रत्ननगर क्षेत्रमा चेकजाँच सुरु गरिएको छ । घरबाहिर निस्कदा मास्क नलगाउनेलाई कारबाही गर्न थालिएको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए । पहिलो चरणमा एकसय रुपैया जरिवाना गरिएको र मास्क लगाउन लगाइएको उनले बताए । पटक पटक उलंघन गर्नेलाई पाँच सय रुपैयाँँसम्म जरिवाना गरिने घर्तीमगरले प्रष्ट पारे ।








