काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भ्एको छापावाल सुनको मूल्य प्रतितोला २ सयले बढेर ९९ हजार ८ सयमा कारोबार भैरहेको छ । तेजाबी सुनको मूल्य ९९ हजार ३६५ रुपैँयामा कारोबार भएको छ । यस्तै,मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोलामा एक हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेको कारण पछिल्लो एक सातादेखि नेपालमा पनि मूल्य बढिरहेको छ ।








