चितवन । सोमबार साँझ ६ः२० मा नारायणी नदीमा हाम फालेकी एक युवतीको आज ९मंगलबार० विहान ६ः३० बजे सकुशल उद्धार चितवन प्रहरीले गरेको छ । विहान ६ः३० बजेको समयमा भरतपुर महानगरपालिका–४ रामघाट नजिक नारायणी नदीको टापुबाट नवलपुरको गैंडाकोट नगरपालिका बस्ने २२ वर्षीय युवतीको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । ती युवतीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई परिवारको रोहबरमा सम्झाई बुझाई गरिएको थियो । हिजो (सोमबार) साँझ ६ः२० बजेको समयमा गैंडाकोटतर्फबाट नारायणी पुलबाट नदीमा ती युवतीले हाम फालेकी थिइन् । आज विहानको समयमा नदीको टाप क्षेत्रमा एक महिला हात हल्लाउँदै आवाज निकालेको खबर पाएपछि वडा प्रहरी कार्यालयको टोलीले रबर बोटसहित उद्धारको लागि पुगेको थियो ।








