• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

गृहजिल्ला नवलपुरमा विनोद चौधरीले बढाए सक्रियता

  •   सोमबार, साउन १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर ।  नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरी गृहजिल्ला नवलपुरमा पार्टीको राजनीतिक कार्यक्रममा सक्रिय छन् । ‘समृद्धि र विकास’ को एजेण्डा बोकेर राजनीतिमा होमिएका चौधरी जिल्लामा पार्टीका स्थानीय कार्यक्रममा सक्रिय छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको निर्णय लगत्तै गृहजिल्ला नवलपुर पुगेका उनी दिनहुँ राजनीतिक कार्यक्रममा व्यस्त भएका हुन् ।

    गृह जिल्लामा चौधरीले पार्टीका नेता, कार्यकर्ताका साथै उद्यम गर्न इच्छुक युवाहरूसँग भेटघाट गरेका छन् भने उनीहरूलाई उद्यमशील बन्न आफूले सहयोग गर्ने बचनसमेत दिएका छन् ।

    निरन्तर जिल्ला आवतजावत गर्दै आएका कांग्रेस नेता चौधरीले पार्टीको स्थानीय कमिटीका पदाधिकारीसँगै निर्वाचित जनप्रतिनिधिसँग नवलपुरको विकासका बारेमा छलफल गर्दै आएका छन् ।

    उनले नवलपुरमा कांग्रेसको सांगठनिक अवस्था र पार्टीलाई बलियो बनाउन आवश्यक रणनीतिका बारेमा पनि छलफल चलाएका छन् । आइतबार कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरूसँग स्थानीय तह चुनावका बारेमा समीक्षा गरेका थिए । उनले पार्टी संगठनलाई बलियो बनाउन नेता कार्यकर्ताबीचको सम्बन्ध प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

    उनले जिल्लाका अन्य नेता कार्यकर्तासँगै पार्टीका विभिन्न भ्रातृ संस्थाका पदाधिकारी र सदस्यहरूसँग पनि छलफल गर्ने तयारी गरेका छन् । आसन्न संघीय निर्वाचनमा कांग्रेस नेता चौधरी नवलपुरबाट उम्मेदवार बन्ने चर्चा छ । उनले पार्टीलाई बलियो बनाउन स्थानीय तहबाटै संगठनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । ‘पार्टी संगठन बलियो बनाउन स्थानीय स्तरमा पार्टीले चाल्नुपर्ने कदमलगायतको विषयमा जिल्लाका साथीहरूसँग छलफल भयो’, केन्द्रीय सदस्य चौधरीले भने, ‘स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूसँग पनि यहाँको विकास निर्माणलगायतका विभिन्न विषयमा छलफल भयो ।’

    नेता चौधरीले निर्वाचनमा उम्मेदवार बन्ने विषयमा पार्टीको निर्णय आफूलाई स्वीकार्य भएको बताउँदै भने, ‘चुनावमा उम्मेदवार बनाउने विषय पार्टीको कुरा हो तर आफू विकासका योजना र समृद्ध नवलपुरको योजना ल्याएको हुँ । नवलपुरको समृद्धितर्फ म सक्रिय भएर लाग्छु ।’

    आइतबार जिल्ला समन्वय समिति नवलपुरसमेत पुगेका चौधरीले जिल्लाको समग्र विकासका लागि आफूले ल्याएको नमुना नवलपुर विकासको अवधारणालाई साकार पार्न समन्वय समितिको भूमिका महत्त्वपूर्ण हुने बताए ।

    उनले आफूले अगाडि सारेको नमुना नवलपुरको विकास अवधारणालाई समन्वय समितिले योजनामा राखेर कार्यान्वयनमा सहयोग गर्न समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मालाई आग्रह गरे । समन्वय समितिका प्रमुख विश्वकर्माले विनोद चौधरीले ल्याएको नवलपुर समृद्धिको योजनालाई अगाडि सार्न आफूहरू तयार रहेको बताए ।

     

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.