चितवन । माडी चेपाङहरुको आवास निर्माण सुचारु गर्ने भनिएको कार्यक्रम स्थगन गरिएको छ । मंगलबारदेखि सुचारु गर्ने भनिएको कार्यक्रम अन्तिम समयमा आएर माडी नगरपालिकाले स्थगन गरेको हो ।
आइतबार माडीका सुकुम्बासी, चेपाङ र बाढीपिडीतहरुले बसन्तपुरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नगरप्रमुख ठाकुर प्रसाद ढकालले मंगलबारबाट आवास निर्माण थालिने बताउनुभएको थियो । आवास निर्माण सुचारु हुने समयमा पनि निकुञ्जबिरुद्ध प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गर्दै उहाँले काम रोक्न खोजिए नयाँ चरणको आन्दोलन सुरु गर्ने चेतावनी दिनुभएको थियो । तर सर्बोच्च अदालतमा परेको रीट उजुरीको कारण देखाउँदै अन्तिम समयमा काम सुचारु गर्ने कार्यक्रम स्थगन गरिएको हो ।
सर्बोच्चको स्टे अर्डरका कारण काम रोक्नु परेको नेकपा माडी नगर सचिव नारदमणी पौडेलले जनाउनुभयो । सर्बोच्च अदालतमा दायर भएको रिटमा भने भूमिहीन र सुकुम्बासीहरुको जबर्जस्ती विस्थापन रोक्न र पुनः नदोहोरिने प्रत्याभूति गराउन परमादेश माग गरिएको छ ।
माडी चेपाङहरुको आवास निर्माण सुचारु गर्ने भनिएको कार्यक्रम स्थगन
माडी चेपाङहरुको आवास निर्माण सुचारु गर्ने भनिएको कार्यक्रम स्थगन
- अ
- अ
- अ








